काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्राैनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । […]