उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो ।गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । अदालतले सरल ८२६, सामान्य एक हजार ५८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको एक हजार ९