उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १५० प्रतिशतभन्दा बढी मुद्दा फछ्र्योटको तथ्याङ्क सार्वजनिक गरेको छ ।अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आवको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा जेठ महिनासम्म ६७५ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले जेठ मसान्तसम्म लक्ष्यभन्दा ११४ भन्दा बढी मुद्दा फछ्र्योट भइसकेको जानकारी दिए । “गत वर्षका सरेर आएका २६५ र चालु आवमा दर्ता भ