उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा ४९.१५ प्रतिशत मुद्दाको फर्स्यौट गरेको जनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले कोरोना महामारी, स्थानीय तह निर्वाचन तथा बेन्च अभावका कारण मुद्दा फर्स्यौटको दरमा केही कमी आएको बताए ।उनले मुद्दा फर्स्यौटको स्थिति सन्तोषजनक रहेको दाबीसमेत गरे । उनले अदालतमाथिको जनताको आस्थाले गर्दा काम कारवाहीको चाप बढ्नु स्वाभाविक रहे पनि कामको रफ्तार बढाउन गम्भीर रहेको बताए । आर्थिक वर्ष २०७८/०७९ मा उच्च