धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ ।विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष