कर्मचारीमा संक्रमण भएपछि सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

भदौ २, सुर्खेत । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ ।  सात जना कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ ।  ‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो संख्यामा कर्मचारीहरुमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ ।’ सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ । प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरीदविक्रीको कारोबार बढी हुने गरेको हो । रासस

सम्बन्धित सामग्री

मालपोत कार्यालय सुर्खेतमा आगलागी

सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको हो । आगलागी हुँदा स्टोरका दराज एक थान, एक मोटसाइकल, दुइटा जेनेरेटर, कुर्सी-टेवुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा आइसकेको […]

किर्ते गरी जग्गा बेच्ने कर्मचारीसहित १३ जनालाई कैद र जरिवाना

किर्तेगरी अर्काको जग्गा बेचिदिने मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले जरिवाना र कैद सजाय फैसला गरेको छ ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो । अदालतले मालपोत कार्यालयका सुब्बा विश्वरुप सावद, कम्प्युटर […]

मालपोत कार्यालय सुर्खेतमा अत्यावश्यकबाहेकका सेवा बन्द

सुर्खेत : कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतले अत्यावश्यकबाहेका सेवा बन्द गरेको छ। कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।कर्मचारीलाई संक्रमण भएपछि कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सेवा माघ २१ गते स्थगत गरेको जनाएको छ। सूचना अनुसार कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवा स्थगन गरिएको छ।दैनिक प्रशासनिक कार्यलगायत अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित काम भने जारी रहने कार्यालय प्रमुख

मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना

५ असोज, सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त गरेको पाइएको छ । विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई कार्यालयको काम गर्न राखिएको छ । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् । शर्मा यसअघि करार […]

कर्मचारीमा कोरोना देखिएपछि बन्द सुर्खेत मालपोत कार्यालय आइतवारदेखि सञ्चालनमा

भदौ १२, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै आइतवारदेखि सबै सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले संक्रमित कर्मचारी निको भएकाले आइतवारदेखि सेवा सञ्चालन गर्ने बताए ।  कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।  मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका,मंगलवार–बुधवार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीवार शुक्रवार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ ।  गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ । रासस

कर्मचारीलाई संक्रमण भएपछि सुर्खेत मालपोत बन्द

कर्णाली । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ । सात कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ ।

सुर्खेतमा मालपोत कार्यालयको सेवा दुई साता बन्द

२ भदौ, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै कार्यरत कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा भदौ २ देखि १५ गतेसम्म स्थगन गरिएको […]

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गर

दुई लेखापढी व्यवसायी पक्राउ

सुर्खेत । सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।