कर्णाली । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ । सात कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ ।
सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको हो । आगलागी हुँदा स्टोरका दराज एक थान, एक मोटसाइकल, दुइटा जेनेरेटर, कुर्सी-टेवुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा आइसकेको […]
५ असोज, सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त गरेको पाइएको छ । विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई कार्यालयको काम गर्न राखिएको छ । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् । शर्मा यसअघि करार […]
सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रियाबिना नै आफन्तलाई नियुक्ति गरेको पाइएको छ । निमित्त कार्यालय प्रमुख जनकबहादुर हमाल र लेखापाल राजबहादुर हमालको मिलेमतोमा दुईजना आफन्तलाई नियुक्ति दिइएको खुलेको हो । निमित्त कार्यालय प्रमुखले भाइ नाता पर्ने प्रकाश शर्मालाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका छन् तर उनलाई हालसम्म हाजिरी गर्न भने दिइएको छैन । लेखापाल हमालको ठूलोबुबाको […]
भदौ १२, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।
यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै आइतवारदेखि सबै सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले संक्रमित कर्मचारी निको भएकाले आइतवारदेखि सेवा सञ्चालन गर्ने बताए ।
कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।
मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका,मंगलवार–बुधवार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीवार शुक्रवार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ ।
गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ । रासस
भदौ २, सुर्खेत । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ ।
सात जना कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ ।
‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो संख्यामा कर्मचारीहरुमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ ।’
सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ । प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरीदविक्रीको कारोबार बढी हुने गरेको हो । रासस
२ भदौ, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै कार्यरत कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा भदौ २ देखि १५ गतेसम्म स्थगन गरिएको […]
७ माघ, सुर्खेत । छिटो–छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् । एक सातादेखि कार्यालय पुग्दै लाइनबस्दा पनि कार्यालयबाट सामान्य काम हुन नसकेको भन्दै सेवा ग्राहीहरुले मंगलबार प्रर्दशन गरेका हुन् ।
‘भ्रष्ट …