जिल्लामा पनि आन्दोलनका कार्यक्रम ल्याउन बार इकाईको आग्रह

नेपाल बार एसोसिएसनका इकाईहरुले जिल्ला जिल्लामा पनि आन्दोलनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आइतबार भर्चुअल विधिबाट छलफलमा जुटेका इकाई बारका पदाधिकारी र सदस्यले नेपाल बार एसोसिएसनसँग यस्तो आग्रह गरेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामासहित न्यायालय सुधारको माग गर्दै नेपाल बार एसोसिएसन २ सातादेखि आन्दोलनमा होमिएको छ । बारले तत्कालै गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण फुयाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै दुई साताअघि १५ दिनको अल्टिमेटम

सम्बन्धित सामग्री

भूमि आयोग विघटनविरुद्ध भूमिहीन सुकुम्वासी संगठनद्वारा देशभर प्रदर्शन

नेकपा एमाले निकट भूमिहीन सुकुम्वासी संगठनले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आइतवार देशभर विरोध प्रदर्शन गरेको छ ।  आयोग विघटन गरेर भूमिहीनको सपनामा तुसारापात गरिएको भन्दै संगठनले पहिलो चरणका कार्यक्रमअन्तर्गत आज देशभर विरोध घोषणा गरेको हो ।  काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रदर्शन गरिएको संगठनकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।  संगठनले छिट्टै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चौधरीको भनाइ छ ।  सरकारले गत मंगलवार देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खार...

सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्

पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

विपक्षी गठबन्धन आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले तीन दिने विरोध कार्यक्रम घोषणा गरेको छ । बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको छ। यस्तै असार २० गते विद्यार्थी आन्दोलनका पूर्व ...

दाहाल–नेपाल समूहद्वारा चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको आन्दोलनअन्तर्गत फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध ...

प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा कांग्रेस निकट संस्थाहरुको प्रदर्शन

पूजा पन्थी- बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस निकट संस्थाहरुले शनिवार देशभर प्रदर्शन गरेका छन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टी निकट १८ संस्थाले सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। जस अनुसार रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन भएको छ। कांग्रेस निकट संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखि मिलनचोकसम्म सडकको एकापट्टीको…

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ […]

मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सहयोग गर्न कांग्रेसको परिपत्र

नेपाली कांग्रेसले वैशाखमा तय गरिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन जिल्ला-जिल्लामा परिपत्र गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा माघ १५ देखि सबै स्थानीय तहमा शुरू हुने नामावली अद्यावधिकसम्बन्धी कार्यक्रमका लागि आम नागरिकलाई सुसूचित गराउन जिल्ला कार्यसमिति मातहतका निकायलाई यथाशक्य छिटो सूचना दिन आग्रह गरिएको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले मध्यावधि निर्वाचनमा भा...

सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलन निषेध ! - Purbeli News

इनरुवा / सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलनका कार्यक्रम संचालन गर्न नपाइने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम सँगै विभिन्न दल र समूहले मुलुकभर आन्दोलन गरि रहँदा सुनसरी प्रशासनले जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि कार्य गर्न र गराउन नपाइने भनेको छ । प्रशासनले सो समवन्धमा जिल्लाका प्रमुख दलबिच छलफल गरी सहमति समेत जुटाएको छ ।...