नेकपा एमाले निकट भूमिहीन सुकुम्वासी संगठनले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आइतवार देशभर विरोध प्रदर्शन गरेको छ ।
आयोग विघटन गरेर भूमिहीनको सपनामा तुसारापात गरिएको भन्दै संगठनले पहिलो चरणका कार्यक्रमअन्तर्गत आज देशभर विरोध घोषणा गरेको हो ।
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रदर्शन गरिएको संगठनकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।
संगठनले छिट्टै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चौधरीको भनाइ छ ।
सरकारले गत मंगलवार देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खार...