गुल्मीमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएनन् कुनै जनप्रतिनिधि

 गुल्मीमा जनप्रतिनिधिका हिसाबले नेकपा एमाले विभाजनको असर शून्य देखिएको छ ।एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले रातोपाटीलाई जानकारी दिइन् ।कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १०  गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् ।यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसह

सम्बन्धित सामग्री

बागमती प्रदेशका २ सय ४० जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकको स्थानीय तहमा एमालेबाट निर्वाचित २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।काठमाडौं उपत्यकाका ३ वटा जिल्लाबाहेक १० जिल्लाको स्थानीय तहको २ सय ४० जनप्रतिनिधिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका माधवकुमार नेपाल पक्षका जनप्रतिनिधि विभाजनपछि पनि नेता नेपालकै पक्षमा उभिएका छन्।बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाका २ सय ४० जनप्रतिनिधिले एमाले

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् । एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।त्यसो त,

मोरङमा नेकपा एमालेका ८ जनप्रतिनिधि गए एकीकृत समाजवादीमा

विराटनगर : नेकपा एमाले मोरङका ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।पार्टी विभाजनपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज (मंगलबार) सकिँदै गर्दा ८ जनाले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन्।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ वडा सदस्य र ४ वडाध्यक्षले नयाँ पार्टी रोजेका हुन्।बूढीगंगा गाउँपालिका–४ का अध्यक्ष कासिम मियाँ, बूढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका–१ का अध्यक्ष म

कैलाली र कञ्चनपुरका ६४ जनप्रतिनिधि एकीकृत समाजवादीमा

निर्वाचन आयोगको कार्यालय पुगेर सोमबारसम्म कैलालीका ३२ र कञ्चनपुरका ३२ जनाले सनाखत गरेका हुन् । उनीहरूले नेकपा एमाले छाड्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्।

बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरी एकीकृत समाजवादीमा

बैतडी। बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै सोमबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) ले बैतडी सदरमुकाममा पार्टी कार्यालय […]

२५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा, (नेस) । नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । चुनाव जितेका हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टसहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । हेटौंडा–१३ […]

गाउँपालिका उपाध्यक्षसहितका एमाले जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहितका जनप्रतिनिधिले शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित अर्घाखाँचीका ४ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले रातोपाटीलाई बताए ।नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानका अनुसार पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम, सोही गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल,

हेटौँडाकी उपमेयर लामासहित २५ जना एकीकृत समाजवादीमा

हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित २५ जना जनप्रतिनिधि नेकपा एसमा खुलेका हुन् ।बिहीबार मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गत भदौ १५ गतेदेखि २२ गतेसम्म नवग