हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकको स्थानीय तहमा एमालेबाट निर्वाचित २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।काठमाडौं उपत्यकाका ३ वटा जिल्लाबाहेक १० जिल्लाको स्थानीय तहको २ सय ४० जनप्रतिनिधिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका माधवकुमार नेपाल पक्षका जनप्रतिनिधि विभाजनपछि पनि नेता नेपालकै पक्षमा उभिएका छन्।बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाका २ सय ४० जनप्रतिनिधिले एमाले