बैंक तथा वित्तीय संस्थाद्वारा हालै जारी चर्को ब्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्लाका उद्योगी–व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै तत्काल ब्याजदर फिर्ता गरिनुपर्ने माग राखेका हुन् ।
बैंक तथा वित्तीय सस्थाहरूको चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउने आश्वासन दिएपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । कर्जाको ब्याजदर १५–१६ प्रतिशतसम्म...
कैलाली । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा साेमबारदेखि चरणवद्ध आन्दोलन सुरु गरेका छन् । व्यवसायीले साेमबारदेखि प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन थालेका हुन् । साेमबारदेखि सुदूरपश्चिमका मुख्य बजारहरु साेमबार बिहान ९ बजेदेखि ११ बजेसम्म बन्द भएका छन् । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु दैनिक […]
काठमाडौं, १६ माघ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ,नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न आन्दोलन गरिएको बताए।
काठमाडौं। बैंकको चर्को ब्याजदरकोविरुद्धमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मंगलबार उद्योगीहरुलाई वार्तामा बोलाएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन्। दोस्रो चरणको आन्दोलन रहेका उद्योग व्यवसायीहरु ६ जनाको टोली सहित वार्तामा आउने भएका छन्।
चर्को व्याज र प्रतिकुल बैङ्किङ नीति विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन घोषणा गरेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी बिहीबार देखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन्।...
सल्यान : वित्तीय संस्था तथा लघुवित्त संस्थाले चर्को ब्याज लगाएको भन्दै सल्यानका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेभन्दा बढी ब्याज लिएर आफूहरूमाथि चरम शोषण गरेको भन्दै जिल्लाको बनगाड कुपिण्डेका स्थानीय आन्दोलनमा उत्रिएका हुन्।आन्दोलनमा उत्रिएका उनीहरूले बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा विरोध प्रदर्शन समेत गरेका छन्। लघुवित्त तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरले आफूहरूको उठीबास हुने अवस्था आएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। आफूहरूमाथिको शोषण अन्त्य नभएसम्म उनीहरुल
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को कात्तिक १८ गते बसेको कार्यसमितिको बैठकले कात्तिक २२ गते देखि चर्को व्याजविरुद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले शुक्रबार विज्ञप्ति मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ...
काठमाण्डाै – चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको आज बिहीवार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक मल नपाएको र विद्यार्थीले पुस्तक नपाएको लगायतका समस्या देखिएको भन्दै खबरदारीका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।यसका लागि २२ वटा जनवर्गीय सङ्गठनलाई सडक प्रदर्शनमा सहभागी गराउने तयारी रहेको संयन्त्रकी सहसंयोजक रचना खड्काले उज्यालोलाई जानकारी दिनुभयो । महँगीका कारण नागरिकले छाक टार्न नपाएर बाँच्नै नसक्ने अवस्था ...