तनहुँ– जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत […]