काठमाडाैं : च्याम्पियन्स लिगअन्तगर्त आज राति सर्वाधिक विजेता रियल मड्रिडले चेल्सीसँग सेमीफाइनलको दोस्रो लेग खेल्दै छ। स्पेनी टोली रियलले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग पहिलो लेगमा १-१ को बराबरी गरेको थियो। आज उसलाई कुनै हालतमा कम्तीमा १-० को जित आवश्यक छ, २-२ को बराबरी गर्न सके पनि रियलले फाइनलमा स्थान बनाउन सक्छ। चेल्सीले भने गोलरहित बराबरीमा खेल टुंग्याए पनि फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गर्न सक्नेछ। चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा खेल राति