पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । पेट्रोलको १९९ र डिजलको १९२ रुपैयाँ मूल्य पुगेको छ । योसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यसको प्रत्यक्ष असर अब दैनिक उपभोग्य सामग्रीमा पर्नेछ ।जनताको ढाड सेकिने गरी पटक–पटक मूल्यवृद्धि भइरहँदा यसविरुद्ध सशक्त ढंगले आवाज समेत उठ्न सकेको छैन । जनजीविकाका विषयमा सशक्त आवाज उठाउने विद्यार्थी संगठन पनि पछिल्ला वर्षमा सुस्त बनेका छन् । पेट्रोलियम पदार्थमा एकै पटक