बैंक वित्तीय क्षेत्रको लगानी ठूलो भएपनि राम्रो प्रतिफल देखिएन्: उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय क्षेत्रले उत्पादनमुलुक क्षेत्रमा लगानी गरेपनि पर्याप्त मात्रामा प्रतिफल पाउन नसकिरहेको बताए।...

सम्बन्धित सामग्री

कर्जा प्रवाह ‘जिडिपी’ हाराहारीमा, प्रतिफल न्यून

नेपालको वर्तमान आस्थिक अवस्थामा सुधार ल्याउन र दीगो अर्थतन्त्र बनाउन लगानी प्रवाह व्यापक हुनुपर्नेमा कसैको विमती छैन र लगानीको आँकडा हेर्ने हो भने जिडिपीकै हाराहारीमा कर्जा प्रवाह भएको छ । तर, त्यति ठूलो लगानीले आर्थिक वृद्धिमा किन उल्लेखनीय योगदान हुन सकेन ? यो भने गम्भीर प्रश्न रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा …

समाधान खोज

बैंक तथा वित्तीय संस्थाले उद्योगी–व्यवसायीलाई दिँदै आएको चालू पुँजी कर्जामध्ये ३० प्रतिशतसम्म दुरुपयोग भएको तथ्यांकले मुलुकमा कानुनी राजको खिल्ली उडाएको देखिएको छ । उद्योग–व्यवसाय सञ्चालनका लागि लिएको चालू पुँजी कर्जालाई घरजग्गा, सेयर वा अन्य यस्तै छिटो प्रतिफल दिने क्षेत्रमा लगानी गरेर निजी क्षेत्रले कानुन तोडेको छ । यसले पहुँच पुग्नेहरूलाई जेजस्तो गर्न पनि छुट हुन्छ […]

तारे होटल : बढ्दो लगानी, प्रतिफल अनिश्चित

–कमलकुमार बस्नेत/ काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त ब्याजमा मात्रै […]

तारे होटलमा बढ्दो लगानी, प्रतिफल अनिश्चित

९ कात्तिक, काठमाडौं । काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्र्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त […]

तारे होटल : बढ्दो लगानी, प्रतिफल अनिश्चित

काठमाडौँ, ९ कात्तिक (रासस): काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्र्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त […]

बिओकेले निक्षेपको चार गुणासम्म प्रतिफल दिने

लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । यदि बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि बिओके सुपर मुद्दती खाता लगानीको उत्कष्ट विकल्प हुन सक्छ । अब तपाईले कति प्रतिशत होईन, आफुले बैंकमा जम्मा गर्ने बचत कति समयमा कति हुन्छ भन्ने सुनिश्चितता पाउन

लगानी रोक्ने नीतिपछि के होला घरजग्गा कारोबार ?

११ फागुन, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको असर बढ्दै जाँदा राष्ट्र बैंकको नजर घरजग्गातिर सोझिएको छ । घरजग्गा क्षेत्रको लगानीले अन्य क्षेत्रको तुलनामा अर्थतन्त्रमा कम प्रतिफल दिने राष्ट्र बैंकको निष्कर्ष छ । घरजग्गा कर्जामा कडाइ गरे उत्पादनशील क्षेत्रमा जाने कर्जामा वृद्धि भएर अर्थतन्त्र वलियो बन्न मद्दत पुग्ने तर्क गर्दै चालु आर्थिक वर्ष २०७८/७९ […]

दोहोरो लगानी र लघुवित्तको मर्जर

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एकआपसमा गाभ्नु वा गाभिनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । यसभन्दा अघि नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरू एकआपसमा मर्जर तथा प्राप्ति कार्यलाई स्वैच्छिक रूपमा कार्यान्वयनमा ल्याएको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिले स्वैच्छिक र बाध्यकारी दुवै व्यवस्थालाई एक साथ अगाडि बढाउने नीति लिएको देखिन्छ । सरकारी स्तरबाट पाँचओटै विकास क्षेत्रमा ग्रामीण विकास बैंकको स्थापना भएपछि निजीस्तरमा लघुवित्त वित्तीय संस्थाहरूको स्थापना गर्ने कार्यले तीव्रता पायो । तत्कालीन समयमा लघुवित्त वित्तीय संस्थाको स्थापना गन पूँजी जुटाउने उद्देश्यले नियमनकारी निकायको पहलमा बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न थाले । बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको कम्तीमा ५ प्रतिशत लगानी विपन्न वर्गमा लगाउनुपर्ने निर्देशित व्यवस्था र लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा गरिएको लगानीलाई विपन्न वर्गअन्तर्गतको लगानीमा गणना गर्ने नीतिगत व्यवस्थाले गर्दा बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्ने कार्यले निरन्तरता पायो । नियमनकारी निकायको निर्देशनको अनुपालना, सुरक्षित लगानी र राम्रो प्रतिफल प्राप्त हुने भएकाले बैंक वित्तीय संस्थाको यस्तो लगानीले निरन्तरता पाई नै रह्यो । यसैबीच लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा हुने लगानीलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले एउटा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा कुल चुक्ता पूँजीको २५ प्रतिशतसम्म र अन्यमा १० प्रतिशतसम्म लगानी गर्न पाउने र लघुवित्त वित्तीय संस्थाले दोहोरो लगानी गर्न नपाउने व्यवस्था गर्‍यो । विगतमा भएको यस्तो लगानीलाई नीतिगत व्यवस्थाबमोजिम सीमाभित्र ल्याउन संस्थापक शेयरको खरीद/विक्री गर्ने कार्य भइरहेको छ । त्यसैगरी चुक्ता पूँजीको ७० प्रतिशतसम्मको लगानीमा बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीका रूपमा पनि लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । लगानीको राम्रो प्रतिफल र लगानीलाई विविधीकरण गर्ने अवधारणाको विकाससँगै पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा सर्वसाधारणले लगानी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई व्यवस्थित बनाई स्थायित्व प्रदान गर्ने उद्देश्यले विगतदेखि नै लघुवित्त वित्तीय संस्थाको मर्जर तथा प्राप्ति गर्ने कार्य कार्यान्वयनमा ल्याएको छ । यसअनुरूप १०१ लघुवित्त वित्तीय संस्थाहरूको सख्या घटेर २०७८ असारमा ७० ओटा कायम भएको छ । यस कार्यलाई निरन्तरता दिँदै नियमनकारी निकायले लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा भएको दोहोरो लगानीलाई आधार बनाउने नीति सार्वजनिक गरेकाले लघुवित्त क्षेत्रमा भएको यस्तो लगानीका बारेमा चर्चा गर्नु आवश्यक हुन्छ । आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार २४ वाणिज्य बैंक, ५ विकास बैंक, ७ वित्त कम्पनी र १ लघुवित्त वित्तीय संस्थाले ४१ ओटा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गरेका छन् । यस्तो लगानीमध्ये सहायक कम्पनीको रूपमा रहेका ५ लघुवित्त वित्तीय संस्थाहरूको संस्थापक शेयरमा ६८ देखि ७० प्रतिशतसम्म ५ वाणिज्य बैंकको लगानी रहेको छ भने १९ वाणिज्य बैंकले १० देखि २६ प्रतिशतसम्म, २ विकास बैंकले १० देखि १२ प्रतिशतसम्म र २ वित्त कम्पनीले २१ देखि २२ प्रतिशतसम्म र बाँकी ९ बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा कम लगानी रहेको छ । यसैगरी एउटा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ देखि अधिकतम नौओटासम्म लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गरेको पाइन्छ । नीतिगत व्यवस्था, निर्देशनको अनुपालना, आकर्षक प्रतिफल, सुरक्षित लगानीलगायत कारणले लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा बैंक तथा वित्तीय संस्थाले उल्लेख्य मात्रामा लगानी गरेका छन् । पुराना र ठूला लघुवित्त वित्तीय संस्थाहरूको संस्थापक शेयरमा ठूला र पुराना वाणिज्य बैंकको नै दोहोरो लगानी रहेको देखिन्छ । अन्य विषयलाई यथावत् राखी यही नीतिबमोजिम यी लघुवित्त वित्तीय संस्थाहरूबीच मर्जर गर्ने हो भने लगभग वाणिज्य बैंकको बराबर चुक्ता पूँजी भएको एउटा लघुवित्त वित्तीय संस्था बन्ने देखिन्छ । यसरी बन्ने लघुवित्त वित्तीय संस्था र २ करोड चुक्ता पूँजी भएको प्रादेशिक स्तरको लघुवित्त वित्तीय संस्थाबीच सन्तुलन कायम गर्ने विषय निकै चुनौतीपूर्ण बन्न सक्छ भने ठूला संस्था असफल हुन सक्ने अवस्था समेत नआउला भन्न सकिँदैन । त्यसैगरी एउटा बैंकले अधिकतम नौओटासम्म लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गरेको अवस्थामा ती नौओटै लघुवित्त वित्तीय संस्थाहरूबीच मर्जर गराउन पनि सम्भव देखिँदैन । संस्थापक शेयरमा १० प्रतिशतभन्दा कम लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या पनि उल्लेख्य रहेको र लगानीको दृष्टिकोणले मर्जर कार्यमा ती संस्थाको खासै भूमिका रहन सक्ने अवस्था देखिँदैन । लक्षित वर्ग र लगानी क्षेत्रको सीमितताका कारण लघुवित्त वित्तीय संस्थाको संख्यामा कमी ल्याउन अपरिहार्य भइसकेको छ । संस्थागत सुशासन र पूँजीगत आधार बलियो भएका थोरै लघुवित्त वित्तीय संस्थाको धेरै शाखामार्फत प्रवाह गरिने वित्तीय सेवा स्वच्छ, पारदर्शी र उद्देश्यमूलक हुन्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा गरेको दोहोरो लगानीलाई बाध्यकारी नीतिको विकल्पका रूपमा लिई ती संस्थाबीच मर्जर तथा प्राप्ति त गर्न सकिएला तर त्यसपछि कस्तो अवस्था सृजना होला भन्ने सन्दर्भमा पनि बेलैमा गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ । हतारमा गरिने मर्जर तथा प्राप्तिले अहिलेको समस्या समाधान भए पनि भविष्यमा पछुताउने अवस्था आएमा यस क्षेत्रको स्थायित्व र विकास गर्न कठिन हुन्छ । त्यसैले संस्थापक शेयरमा भएको दोहोरो लगानीको साथसाथै कर्जाको दोहोरोपना, कर्मचारीको पदसोपन र संख्या, उपलब्ध सेवासुविधा, कार्य वातावरण, संस्थाको कार्यक्षेत्र आदिलाई आधार बनाई लघुवित्त क्षेत्रमा सन्तुलन हुने गरी मर्जर तथा प्राप्तिको नीतिलाई कार्यान्वयनमा ल्याउनु उपयुक्त देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

प्रभु सेलेक्ट फण्डमा लगानी प्रतिफल ग्यारेन्टी गर्छौं

प्रभु क्यापिटलले जेठ ५ गते बुधवारबाट प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल कोष व्यवस्थापक रहने प्रभु म्युचुअल फण्डअन्तर्गत पहिलो सामूहिक लगानी योजना प्रभु सेलेक्ट फण्डको निष्कासन गरेको छ । फण्डमा लगानी गर्नेहरूलाई प्रतिफल ग्यारेन्टी गरिने प्रभु क्यापिटलका मुख्य सञ्चालन अधिकृत कृष्ण गिरी बताउँछन् । म्युचुअल फण्डको वर्तमान अवस्था, यसले पुँजी बजारमा पुर्‍याएको योगदान तथा प्रभु क्यापिटलका भावी योजना र अहिले निष्कासन गर्न लागेको प्रभु सेलेक्ट फण्ड वरपर रहेर गिरीसँग गरिएको कुराकानी : प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ? यो एउटा बन्दमुखी सामूहिक लगानी योजना हो । योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १० करोड इकाइ बिक्री गरी १ अर्ब बराबरको रकम संकलन गरेर त्यसको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गरिनेछ । सेलेक्ट फण्डले कसरी लगानी गर्छ ? सेलेक्ट फण्डले लगानी गर्ने क्रममा शेयर बजारमा शेयरहरू सूचीकृत भई कारोबारमा रहेका विभिन्न क्षेत्रका कम्पनीलाई लगानी नीतिअन्तर्गत रहने ग्रेडिङ नीतिअनुरूप विभिन्न आधार र मापदण्ड छनोट गरी अधिकतम ३० वटा कम्पनीमा लगानी गर्छ । यसरी छनोट गर्दा कम्पनीको व्यावसायिक वृद्धिदर, नियमित उच्च प्रतिफल, वित्तीय सबलता, संस्थागत सुशासन आदिका आधारमा छनोट गर्छौं । यसरी छनोट गरिएकामध्ये सबैभन्दा उत्कृष्ट ३० वटा कम्पनीहरूको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्नेछ । यो फण्ड आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इन्डेक्ससँग रिफरेन्स बेन्चमार्कको रूपमा स्थापित हुने विश्वास गरेका छौं । तपाईंहरूले यसलाई चियाको तुलना गरेर सस्तो भनिरहनुभएको छ, वास्तविक नै हो ? अहिले हामीले एक कप कालो चिया पनि प्रतिकप कम्तीमा २० रुपैयाँ तिर्छौं । तर, सामूहिक लगानी योजनाको १ इकाइ १० रुपैयाँमै खरिद गर्न पाइन्छ । प्राथमिक निष्कासनमा न्यूनतम खरिद गर्दा १०० इकाइ अर्थात् १००० रुपैयाँ लगानी गर्नुपर्छ । तसर्थ, महिनामा ५० कप चियाको खर्च मात्र बचाउने हो भने पनि १०० युनिट फण्ड खरिद गर्न सकिने रहेछ । यसरी स–सानो बचतलाई लगानीको रूपमा परिचालन गर्न सकिन्छ । सोही कारण विद्यार्थी, गृहणी, विभिन्न संगठित असंगठित क्षेत्रमा काम गर्ने लगानीकर्ताका साथै सुरक्षित लगानी र उच्च प्रतिफलको आशा गर्ने लगानीकर्ताका लागि यस्तो योजना प्रभावकारी हुने ठानेका छौं । तपाईंहरूको लगानी व्यवस्थापन टिम कस्तो छ ? हाम्रो संस्थामा नेपालको अन्तर्राष्ट्रिय पुँजी बजारमा समेत काम गरिसकेका एवं लगानी व्यवस्थापनको विषयमा अन्तर्राष्ट्रिय उपाधि हासिल गरेका साथीहरू हुनुहुन्छ । करिब २ दशकभन्दा लामो अवधिदेखि लगानी तथा शेयर कारोबारमा संलग्न हुँदै आएका तथा कारोबारमै दक्षता हासिल गरेर सफलता पाएका साथीहरू हाम्रो टिममा हुनुहुन्छ । प्रभु क्यापिटलसँग लगानी व्यवस्थापनका लागि अहिलेको टिम सक्षम छ । यो फण्डमा लगानी गर्ने युनिट होल्डरले कस्तो प्रतिफलको अपेक्षा गर्न सक्छन् ? हामीले यो फण्डका युनिट होल्डरहरूलाई वार्षिक औसतमा २० प्रतिशतको प्रतिफल दिने प्रक्षेपण गरेका छौं । त्यसैगरी निरन्तर ७ वर्षसम्म लगानी गर्ने युनिट होल्डरले परिपक्व अवधिसम्म करिब ३ गुणासम्म प्रतिफल पाउने प्रक्षेपण गरेका छौं । निश्चित प्रतिफलका लागि बैंकमा फिक्स्ड डिपोजिटमा लगानी गर्नेहरूका लागि यो राम्रो लगानी क्षेत्र हो । फण्ड निष्कासनपछि यसलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरिने हुँदा लगानीकर्ताले जतिबेला चाह्यो बजारमा बिक्री गरेर पैसा निकाल्न सक्छन् । त्यसैले जोखिम नचाहने, चाहेका बेला आफ्नो लगानी झिक्न चाहने तथा आफ्नो बचतलाई लगानीमा परिणत गर्न चाहनेहरूले यो फण्डको आईपीओमा लगानी गर्न सक्छन् । म्युचुअल फण्डहरूको नेपाली पुँजी बजारमा कस्तो योगदान रहेको छ ? हामी अहिले नेपाली पुँजी बजारको स्वर्णिम युगमा छौं । पुँजी बजारको आवश्यकताअनुसार क्रमिक व्यवस्था हुँदै गएका छन् । अहिले सबै कारोबारले डिम्याट भएर अभौतिक रूपमा स्थायित्व प्राप्त गरिसकेको छ । कारोबार पनि कम्प्युटर प्रणालीबाट सीमित ब्रोकरको घेरामा हुँदै आएकामा अहिले सबैले अनलाइनबाटै गर्न सक्छन् । बिक्री गरेको शेयरको भुक्तानी, खरिदपछिको रकम भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने सुविधा छ । बजारको विकासमा अपुग देखिएको भनेको लगानीका लागि आवश्यक लगानी औजार भएजस्तो लाग्छ । तर, त्यसतर्फ पनि नियामक निकाय र बजार सञ्चालकहरूले काम गरिरहेका छन् । तसर्थ, चाँडै मार्जिन कारोबार, इन्ट्रा डे, सर्टसेलिङ, विभिन्न इन्डेक्स/कम्पनी बेस्ड डेरिभेटिभ कारोबार पनि छिट्टै गर्न पाइने विश्वास छ । सामूहिक लगानी कोषको योगदानको कुरा गर्दा सुरु अवस्थामा नेपाली पुँजी बजारमा धेरै खुद्रा र केही संस्थागत लगानीकर्ताको मात्रै सहभागिता हुँदा बजारप्रति उति सुझबुझ हुन नसकेको देखियो थियो । तर, पछिल्लो समय साना तथा खुद्रा लगानीकर्ताको बचतलाई लगानीमा परिणत गरी त्यसलाई व्यवस्थापन गर्ने तथा बजारमा अनुभवी संस्थागत लगानीकर्ताको प्रवेश हुनुपर्छ भन्ने आधारमा अन्तर्राष्ट्रिय प्रचलन र विधिअनुरूप नै सामूहिक लगानी कोषहरूको प्रवेश भएको छ । सामूहिक लगानी कोषहरूले बजार सहभागीबीच परिपक्वता कायम गर्न, पुँजी बजारको विकास र उत्थानमा सक्दो योगदान दिँदै आएका छन् । यो फण्डको उद्देश्य के हो ? योजनाले इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले सामूहिक लगानी कोष तोकिएको क्षेत्रमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिने उद्देश्य राखेको छ । धितोपत्र बजारको दिगो विकासमा सघाउ पुर्‍याउन यो योजनाको इकाइ निष्कासन गरिएको हो । यो योजनाले कस्ता–कस्ता कम्पनीमा लगानी गर्छ ? यसले नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोषले तोकेका क्षेत्रमा लगानी गर्छ । जस्तै, बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाहरूको धितोपत्र, सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व अथवा नियन्त्रणमा रहेका कुनै संस्था वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधन, बैंक तथा वित्तीय संस्थाका निक्षेप, मुद्रा बजार उपकरण आदिमा लगानी गर्छ । यसरी लगानी गर्दा फण्डले अधिकतम ८० देखि १०० प्रतिशतसम्म धितोपत्र विनियम बजार अर्थात् नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये ३० वटा कम्पनीहरूमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ । प्रभु सेलेक्ट फण्डमै किन लगानी गर्ने ? बजारमा धेरै सामूहिक लगानी योजनाहरू सञ्चालनमा छन । तर, ती सबै योजना एकअर्कासँग भिन्न छन् । प्रभु सेलेक्ट फण्डकै कुरा गर्दा हाम्रो फण्डको प्रकृति, यसको संरचना, लगानी रणनीतिको दृष्टिकोणबाट अरूभन्दा भिन्न छौं । हामीले जम्मा ३० वटा कम्पनीमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं । लगानीकर्तालाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको नयाँ लगानी औजारका साथै समग्र पुँजी बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने बेन्चमार्क यो फण्डले प्रदान गर्नेछ । हामी लगानी रणनीतिका आधारमा पनि अरूभन्दा भिन्न छौं । बजार बुझ्नुभयो भने पनि गत ९ महिने अवधिमा लगानीबाट सबैभन्दा धेरै नाफा कमाउने क्यापिटलमध्ये रकमका आधारमा मात्र नभई प्रतिशेयर आम्दानीका हिसाबले हामी धेरै अगाडि छौं । यसअघि बजार डाउन ट्रेन्डमै रहेका बखतसमेत हामीले बजारमैत्री लगानी गरेर ती लगानीबाट मुनाफा कमाएर प्रतिफल दिएको अनुभव छ । हामीले यो फण्डलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । सोही कारण हामीले ७ वर्षे अवधिमा करिब ३ गुणासम्म प्रतिफल दिन सक्छौं भनेर प्रक्षेपण गरेका हौं । तपाईंको विचारमा आगामी ५–७ वर्षमा नेपाली पुँजी बजारको भविष्य कस्तो होला ? अबको ७ वर्षे अवधि नेपाली पुँजी बजारका लागि उज्ज्वल हुने हाम्रो विश्वास छ । यसबीचमा पुँजी बजारका लगानी औजारहरू थपिनेछन् । कारोबार गर्ने प्रक्रिया विस्तार हुनेछ । बजारमा थप संस्थागतसँगै खुद्रा लगानीकर्ताको प्रवेश हुने क्रम जारी छ । भर्खरै स्टक डिलरको प्रवेश भएको छ । यस्ता डिलर अझै थप हुँदै जानेछन् । क्लोज इन्डेडका साथै ओपन इन्डेड फण्ड एवं विशिष्टीकृत लगानी कोषहरूको संख्या बढेर जानेछ । यसले बजारमा थप माग तथा आपूर्ति व्यवस्थालाई टेवा दिनेछन् । वैदेशिक लगानीलाई पुँजी बजारमा प्रवेशका लागि मार्गप्रशस्त हुनेछ । लगानीकर्ताहरूले पुँजी बजारप्रति दीर्घकालीन रूपमै ढुक्क भएर हाम्रो फण्डमा लगानी गर्न सक्छन् । हामीकहाँ पहिले आएका सामूहिक लगानी योजनाले गरेका प्रदर्शनबाट लगानीकर्ताहरू निराश अवस्थामा छन् । यस्तो अवस्थामा तपाईंहरूले विशेष औजार प्रयोग गर्दै हुनुहुन्छ, हो ? सामूहिक लगानी कोषलाई हातखुट्टा बाँधेर काम गर भनियो । एउटा निश्चित परिधिमा बसेर काम गर्नुपर्दा सुरु–सुरुमा केही सामूहिक लगानी योजनाहरूले युनिट होल्डरको अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेकै हो । हामीकहाँ इन्ट्रा डे, सर्ट सेलजस्ता सुविधा छैनन् । बजारमा किनेपछि मात्रै बेच्न पाइन्छ । बजार घट्दो अवस्थामा रहेका बेला खरिद गरी बसेका केही सामूहिक लगानी योजनामा त्यस्तो भए पनि ढिलोचाँडो सबैले प्रतिफल दिएकै छन् । हामीले लगानीकर्तालाई निर्धक्क भएर सामूहिक लगानी कोषको आईपीओमा लगानी गर्न आग्रह गरेका छौं । प्रभु सेलेक्ट फण्डले अहिलेसम्म लगानीकर्ताले अपेक्षा गरेभन्दा उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्छौं ।