चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ । विस्तार हुने कलंकीदेखि महाराजगन्ज खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गर्न आएको हो ।