पेट्रोलियम पदार्थको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने

काठमाडौं । नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको विषयमा अध्ययन गर्न एक चिनियाँ टोली नेपाल आउने भएको छ। चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच ...

सम्बन्धित सामग्री

पछि स-यो पेट्रोलियम पदार्थ अन्वेषणको काम

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिनुुभयो । पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सद स्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो । स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिनुुभयो । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उहाँको भनाइ छ । ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ । लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । उपनिर्देशक रजौरेले भन्नुुभयो “चिनियाँ टोली नेपाल आउने तयारीमा छ, अब छिट्टै ड्रिल औजार आउँछ, अन्तिम रिपोर्ट सकारात्मक छ, आगामी वर्षापछि ड्रिलको काम सुरु हुन्छ । ”