हेटौंडा कपडाको जग्गा नयाँ उद्योगलाई बेचिँदै

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको जग्गा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले किन्ने भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएका कारण हेटौंडा कपडा उद्योगको जग्गा किन्न लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु प्रबन्धक रामकुमार मण्डलले अभियानलाई बताए । ‘हेटौंडा कपडा उद्योग खारेज भएर त्यसको अचल सम्पत्ति सरकारी स्वामित्वमा आइसकेकाले जग्गा किन्नका लागि पहल थालिएको हो,’ कामु प्रबन्धक मण्डलले भने, ‘कपडा उद्योगको जग्गा किन्न सकियो भने थुप्रै उद्योग स्थापनाका लागि जग्गा उपलब्ध गराउन सकिन्छ ।’ मन्त्रिपरिषद्ले हेटौंडा कपडा उद्योग खारेज गर्ने निर्णय पछिल्लो पटक एक वर्षअगाडि गरेको थियो । खारेज कपडा उद्योगको स्वामित्वमा २ सय ६० रोपनी जग्गा छ । सरकारी मूल्यांकनअनुसार जग्गा खरीद गर्न सकिए १० भन्दा बढी उद्योग स्थापनाका लागि सहज हुने प्रबन्धक मण्डलको भनाइ छ । ‘अर्थ मन्त्रालयसँग स्वीकृति लिने पहल केन्द्रबाटै भइरहेको छ,’ मण्डलले भने, ‘पहल सफल हुनेमा आशावादी छौं ।’ सशस्त्र द्वन्द्वको अन्त्यपछि हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिने क्रम बढ्दै जाँदा जग्गाको अभाव भएको हो । अहिले ५७ वटा उद्योग औद्योगिक क्षेत्रभित्र सञ्चालनमा छन् ।  वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७

सम्बन्धित सामग्री

आयात प्रतिस्थापन गर्ने उद्योगलाई सेजमा प्राथमिकता देऊ : निजीक्षेत्र

वीरगञ्ज, मंसिर २३ । निर्यात प्रवर्द्धनको उद्देश्यले स्थापना गरिएको विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा प्राप्तिको प्रावधान अव्यावहारिक हुँदा लगानीकर्ता आकर्षित हुन नसकेको निजीक्षेत्रले बताएको छ । सरकारले २०६२ सालदेखि सञ्चालनको योजनामा ल्याएको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको सिमरामा रहेको सेज अभैm लगानीकर्ताको रोजाइमा पर्न सकेको छैन । सेजमा जग्गा भाडामा लिन पूरा गर्नुपर्ने निकासी परिमाणको मापदण्ड र […]

रासायनिक मल उद्योगका लागि जग्गा अवलोकन

हेटौंडा– बाग्मती प्रदेश सरकारको पहलमा ७८ अरबदेखि एक खर्बसम्मको लागत अनुमान रहेको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जग्गा हेरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उद्योग तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ र लगानी कम्पनी थाइल्याण्डको मछाडा इन्टरनेसनलकी कार्यकारी प्रमुख पोलिथकलम्फेच थमाचाट्मान खोललाई गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्योगलाई उपयुक्त हुने जग्गा देखाएका हुन् । […]

जग्गा बेचेर नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको योजना स्थगित

हेटौंडा : जग्गा बेचेर उद्योगमा नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको योजना स्थगित भएको छ। निरन्तरको घाटा रोक्न उद्योगले नयाँ प्लान्ट जडान गर्न आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्ने योजना बनाएको थियो। तर, तत्कालका लागि उक्त योजना स्थगित भएको हो। पछिल्लो चार वर्ष लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा–९ स्थित  आफ्नो जग्गा  नेपाल बैंकलाई बेच्ने तयारी गरेको थियो।नेपाल बैंकलाई आफ्नो जग्गा बेचेर पुराना भएका मेसिन मर्मत गर्ने तथा नयाँ मेस

पुराना उद्योगलाई जग्गा व्यवस्थापनको सकस

उद्योगीले नेपालमा नयाँ व्यवसाय सुरु गर्न जग्गाको अभाव रहेको र जग्गा पाइहाले पनि अत्यधिक मूल्यका कारण लागत प्रतिस्पर्धी हुन नसक्ने बताइरहँदा पुराना तथा रुग्ण उद्योगलाई भने जग्गा व्यवस्थापनमै सकस पर्न थालेको छ । बैंकको ब्याज र सरकारको करको भारले थिचिएका यस्ता उद्योगलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत जग्गा बिक्रीको बाटो खोलिदिए पनि यो व्यवस्था कार्यान्वयनमा […]

पुराना उद्योगलाई जग्गा व्यवस्थापनको सकस

काठमाडौं । उद्योगीले नेपालमा नयाँ व्यवसाय सुरू गर्न जग्गाको अभाव रहेको र जग्गा पाइहाले पनि अत्याधिक मूल्यका कारण लागत प्रतिस्प्रर्धी हुन नसक्ने बताइरहँदा पुराना तथा रुग्ण उद्योगलाई भने जग्गा व्यवस्थापनमै सकस पर्न थालेको छ । बैंकको व्याज र सरकारको करको भारले थिचिएका यस्ता उद्योगलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत जग्गा बिक्रीको बाटो खोलिदिए पनि यो […]

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने

अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालनका लागि ५० बर्षसम्म सरकारी जग्गा भाडामा दिने व्यवस्था मिलाइने बताएका छन् ।आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै उनले निर्यातजन्य सामग्रीको उत्पादन गर्ने बैदेशिक उद्योगलाई आकर्षित गर्न र गैर आवासीय नेपालीको लगानी भित्र्याउन बैदेशिक लगानी सम्बन्धी कानुनमा संसोधन गरिने बताए । उद्योगका लागि चाहिने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने बताए ।

कोरियाली कम्पनी मोट्रेक्सलाई जग्गा दिनै मुस्किल

नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने इच्छा देखाएको मोट्रेक्सलाई जग्गा उपलब्ध गराउनै हम्मे हम्मे परेको छ । लगानी बोर्डकाअनुसार अहिलेसम्म कम्पनीलाई जग्गा उपलब्ध गराउनै सकिएको छैन ।बोर्डका अनुसार दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न सकिएको छैन । उद्योगलाई विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ । त्यसैले स्थापनाको इच्छा देखाएको कम्पनी खोल्नै मुस्किल परेको हो ।मोट्रेक्सलाई प्लान्ट स्थापना गर

एसम्ब्लिङ उद्योगलाई सहुलियत दिन्छौंः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले गाडीको आयात घटाउँदै नेपालमै एसेम्बल निर्माण गर्न सरकारले जग्गा र बिजुली दिने आश्वासन दिएका छन्।...

अक्सिजन उत्पादन गर्ने कम्पनीलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराइने

काठमाण्डाै – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताउनुभयो । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले  र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटे...