नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने इच्छा देखाएको मोट्रेक्सलाई जग्गा उपलब्ध गराउनै हम्मे हम्मे परेको छ । लगानी बोर्डकाअनुसार अहिलेसम्म कम्पनीलाई जग्गा उपलब्ध गराउनै सकिएको छैन ।बोर्डका अनुसार दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न सकिएको छैन । उद्योगलाई विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ । त्यसैले स्थापनाको इच्छा देखाएको कम्पनी खोल्नै मुस्किल परेको हो ।मोट्रेक्सलाई प्लान्ट स्थापना गर