दोस्रो पटक मेयर बनेकी रेनु भन्छिन्,‘भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु’

काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन्। मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक। देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ। त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, […]

सम्बन्धित सामग्री

मेयर बालेनसँग एनआरएनएले भन्यो- दुई वटा सार्वजनिक शौचालय बनाउँछौ

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधि मण्डल र काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहबीच भेटवार्ता भएको छ।बिहीबार भएको भेटवार्तामा स्मार्ट सिटी अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको  थियो। गत वर्ष नै टेण्डर आव्हान गरी बनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा जग्गा अधिग्रहण भएपछि स्थगित भएको  थियो। यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईव

ललितपुर महानगरद्वारा स्नेहाज केयर संस्थालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौ । जनावरहरूकाे हेरचाह र संरक्षणमा लागिरहेकाे स्नेहाज केयर संस्थालाई ललितपुर महानगरपालिकाले भेट एम्बुलेन्स हस्तान्तरण गरेको छ । महानगर क्षेत्रमा जनावरहरूको व्यवस्थापनका लागि भेट एम्बुलेन्स प्रदान गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरलाई स्मार्ट सिटी बनाउन जनावरहरूको व्यवस्थापन आवश्यक रहेको भन्दै मेयर चिरीबाबु महर्जनले स्नेहाज केयरसँग सहकार्य गरेको बताउनुभयो । नगर क्षेत्रमा घाइते र बेवारिसे […]

तुलसीपुर उपमहानगरले  छाड्यो ‘स्मार्ट सिटी’को नारा

तुलसीपुर उपमहानगरपालिकामा यसअघिका मेयर घनश्याम पाण्डेले जोडतोडले उठाएको नारा हो, ‘स्मार्ट सिटी’ । उनले आफ्नो पाँचवर्षे कार्यकालमा प्रत्येक नीति, कार्यक्रम तथा बजेटमा स्मार्ट सिटी उल्लेख गरे । हरेक भाषणमा स्मार्ट सिटी छुट्दैनथ्यो ।...

विगतका अधुरा काम पूरा गर्ने नवनिर्वाचित मेयर रेणुको प्रतिबद्धता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने नवनिर्वाचित मेयर दाहालको भनाइ छ […]

‘स्मार्ट सीटी’ भन्दै जनता झुक्याउने स्मार्ट मेयरहरू

काठमाडौँ । कुरा राजधानीबाटै थालौँ । काठमाडौँलाई ‘स्मार्ट सिटी’ बनाउने मेयर विद्यासुन्दर शाक्यको घोषणालाई पाँच दिनदेखि उठ्न नसकिरहेको फोहरले जिस्क्याइरहेको छ । २०७४ जेठमा मेयर निर्वाचित हुनासाथ ‘सय दिनमा एक सय दुई वटा काम गर्ने’ दाबी गरेका शाक्यले काठमाडौँलाई स्मार्ट सीटी बनाउन न त सकेनन् नै, बरु जनता झुक्याउन भने उनी ‘स्मार्ट’ नै देखिए । […]

तुलसीपुर उपमहानगर : चर्चामा बित्यो पाँच वर्ष, अधुरै स्मार्ट सिटी

स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरे पनि तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट सिटी जस्ता अधिकांश योजना चर्चामै सीमित भए ।

‘ललितपुर स्मार्ट सिटी बन्ने क्रममा छ’ (भिडियो अन्तर्वार्ता)

ललितपुर महानगरपालिकामा जनप्रतिनिधिको रूपमा चिरीबाबु महर्जनले नेतृत्व सम्हालेपछि नगरभित्र के– के काम भए त ? विकास निर्माण तथा अन्य स्थानीय तहका लागि अनुकरणीय र असल अभ्यास के –के भएका छन् ? मेयर चिरीबाबु महर्जनसँगको अन्तर्वार्ता पाँच वर्षको अवधिमा के–कति सम्पदा र मठमन्दिर निर्माण गर्नुभयो ? देजु तलेजु मन्दिर अहिले बनिरहेको छ। बुङमतीको रातो मच्छिन्द्रनाथको शिखर […]

पाँचखाल स्मार्ट सिटी : खेतीयोग्य जमिन जोगाउँदै रू. २५० करोड लगानी

काठमाडौं । सरकारले घोषणा गरेका स्मार्ट सिटीहरू बन्ने निश्चित नभएका बेला सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा पाँचखाल नगरपालिकामा नेपालकै पहिलो स्मार्ट सिटी बन्ने भएको छ । कुल ५ हजार ५०० रोपनीमा पाँचखालमा रू. २ अर्ब ५० करोडको लगानीमा खेतीयोग्य जमिन जोगाउँदै स्मार्ट सिटी बन्न लागेको हो । जग्गा एकीकरण ‘ल्यान्ड पुलिङ’ विधिबाट जग्गा अधिग्रहण नगरी स्थानीयहरूको सहमतिमा पाँचखाल नगरपालिकाले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लगानी साझेदारीमा स्मार्ट सिटी बनाउने प्रक्रिया अघि बढाएको हो । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले अबको २० वर्षमा पाँचखालमा  पाँचओटा स्मार्ट सिटी बनाउने गरी भिजन बनाएको जानकारी दिए । त्यसअन्तर्गत पहिलो चरणमा निफ्राले साढे २ अर्ब लगानी गर्ने गरी सम्झौता भइसकेको छ । यहाँका स्थानीयहरूसँगको छलफलमा जग्गा दिने र त्यो जग्गा उहाँकै नाममा हुने गरी स्मार्ट सिटी बनाउने तयारी भएको उनले बताए । उक्त क्षेत्रफलमा विकास हुने स्मार्ट सिटी पाँचखालवासीले बाटो, पार्कलगायत संरचनाहरू विकास गर्न जग्गा उपलब्ध गराउनेछन् । ‘यी संरचना निर्माणका लागि बढीमा ३० देखि ३५ प्रतिशतसम्म जग्गा स्थानीय जग्गाधनीको प्रयोग हुनेछ,’ खरेलले भने, ‘यसबाहेकको जग्गा उहाँहरूले फिर्ता पाउनुहुनेछ ।’ सडक, पार्कलगायत संरचनामा काटिनेबाहेक त्यहाँका स्थानीहरूले अरू जग्गा फिर्ता पाउनेछन् । जनताकै जग्गा, उनीहरूकै नाममा हुन्छ । यो जग्गा विकास गरेर बैंक, नगरपालिका र स्थानीयबीच त्रिपक्षीय सम्झौता हुने उनले बताए । सिंगापुरको सुरबाना जुरोङ (एसजे) कम्पनीले रू. ६ करोडको लागतमा स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन शुरू गरिसकेको छ । अमेरिकी कम्पनीले मार्केट अध्ययन शुरू गरिसकेको छ । अहिले छरिएर रहेको बस्ती छ । स्मार्ट सिटी विकास गरे पनि खेतीयोग्य जमिन नमास्ने गरी नगरसभाले पाँचखालमा धान उत्पादन हुने खेतहरूमा घरहरू बनाउन पूर्ण रोक लगाएको छ । ‘सिँचाइ नहुने, खेती नहुने स्थानमा स्मार्ट सिटी विकास गरिनेछ,’ खरेलले भने, ‘अहिले पनि खेतीयोग्य जमिन तथा खेतहरूमा स्मार्ट सिटी बनाउने अवधारणा होइन, खेतीयोग्य जमिन जोगाउने, बस्तीहरू डाँडातिर सार्ने र काठमाडौंको विकल्पको रूपमा पाँचखाललाई विकास गर्ने योजनाअनुरूप यो परियोजना अघि बढाइएको छ ।’ यहाँ भइरहेको बस्ती विकास गरेर बाहिरका मानिसहरूलाई पनि व्यवस्थित रूपमा राख्ने गरी यो परियोजना अघि बढाइएको छ । ‘इन्डोनेसिया, सिंगापुरजस्ता विकसित शहरहरूमा डीपीआर बनाएको कम्पनीले अहिले पाँचखालमा पनि डीपीआर बनाउँदै छ,’ उनले भने, ‘स्मार्ट सिटीका आधारभूत कुराहरू समावेश गरेर हाइटेक प्रविधियुक्त शहर बनाइनेछ भने अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्दै पाँचखालबासी जस्तै काठमाडौं आसपासमा पनि व्यवस्थित बस्ती स्मार्ट सिटी बनाएर बस्न सक्छौं र सकिन्छ भन्ने उदाहरण बन्नेछौं ।’ पाँचखालभित्रै ५ ओटा सिटी विकास गरिनेछ । अहिले पहिलो चरणमा बन्न लागेको पहिलो स्मार्ट सिटीका लागि मात्रै रू. २ अर्ब ५० करोड लगानी लाग्ने प्रक्षेपण गरिएको उनले बताए । ‘केन्द्र सरकारको बजेट लिएर स्मार्ट सिटी बनाउला वा पूर्वाधार विकास गरौंलाभन्दा ५० वर्ष लाग्ने देखियो,’ उनले भने, ‘त्यही भएर यसलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी)मोडलमा बैंकलाई पनि समेटेर लगानी गरी विकास गर्ने प्रक्रिया अघि बढाइएको हो ।’ यसमा सम्पूर्ण लगानी निफ्राले जुटाउनेछ । निफ्राले लगानी गरेपछि त्यहाँको जग्गा विकास गर्दा स्थानीयहरूसँग सम्झौता गरी जग्गा स्थानीयकै नाममा गरिनेछ । पाँचखालका स्थानीयहरूले जग्गा विक्री वितरण गर्दा सोही सम्झौता दिएर नै गर्नुपर्ने उनले बताए । जग्गा विकास गरेपछि निफ्राको लगानी पनि फिर्ता हुने भन्दै खरेलले भने, ‘त्यस्तो लगानी जग्गा विकास गर्दा आउने ३० देखि ३५ प्रतिशत जग्गाबाट नै लिने हो ।’ यो नगरपालिकामा विकास हुने स्मार्ट सिटीमा ल्यान्ड पुलिङ अर्थात् जग्गा विकास भने नगरिने उनले स्पष्ट पारे । जग्गा एकीकरण गरेर स्मार्ट सिटी तथा बस्ती विकास गर्ने अवधारणा धेरै स्थानमा असफल देखिएको भन्दै उनले स्थानीयको जग्गा स्थानीयकै लालपुर्जा तथा नाममा हुने बताए । स्थानीयको जग्गा, निफ्राको लगानी र नगरपालिकाको समन्वयनमा बन्नेछ । ‘ल्यान्ड पुलिङ गर्दा जग्गाको स्वामित्व नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘यो पद्धति धेरै ठाउँमा असफल भएकाले यसमा जाँदैनौं भने जसको जग्गा हुन्छ, उसैको स्वामित्व र पुर्जा हुने हो ।’ उदाहरणका लागि १० रोपनी जग्गा जग्गाधनीको छ भने यसमा उसले नगरपालिकाले विकास गर्न खोजेको स्मार्ट सिटीमा सहमत छु भनी जग्गा प्रयोग गर्न दिने मात्रै सम्झौता हुनेछ । जग्गा एकीकरण गर्नुपर्ने नभएपछि यहाँ जग्गा अधिग्रहणका लागि नै समस्या हुँदैन ।

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरे । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी […]

फोहोर व्यवस्थापनमा जुट्दै चन्दननाथ

फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिका गुनासो खेप्दै आएको छ । स्मार्ट सिटी बनाउने योजनासहित निर्वाचनमा होमिएर जितेकी मेयर कान्तिका सेजुवाल, सुन्दर हरियाली नगर बनाउने एजेण्डासहित उपमेयरमा जितेकी अप्सरादेवी न्यौपानेलगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेनन् ।मेयर उपमेयरको विवाद, कर्मचारी नटिक्ने, नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका […]