नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन संसदको पूरै कार्यकालसम्म चल्ने बताएका छन् । उनले यो गठबन्धन कसैका विरुद्ध नभएको दाबी गरे ।
माओवादी केन्द्रको ८ औं महाधिवेशनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै देउवाले चुनावपछि पनि गठबन्धन अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन् ।
‘कसैको विरुद्ध होइन गठबन्धन, अहिलेको संविधानबाट संसद् पूरा कार्यकाल चलोस् । मन परेन भने कसैले भंग नहोस् । बीचमा संसद भंग नहोस् भन्ने पुनित उद्देश्य राखेर संविधानमा राखेको हो,’ देउव...