काठमाण्डाै - अमेरिकाको संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । गएको जनवरी ६ मा भएको हिंसात्मक आक्रमणको अनुसन्धान सम्बन्धी तल्लो सदनले पारित गरेको प्रस्ताव माथिल्लो सदनले रोकेको बीबीसीले जनाएको छ । ६० सिनेटरको समर्थन चाहिने प्रस्तावको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको मात्रै समर्थन प्राप्त भएको छ ।
राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरी...