नेकपा (माले) ले उच्चस्तरीय नागरिकता–छानबिन न्यायिक आयोग गठन गर्न माग गरेको छ । महासचिव सीपी मैनालीको अध्यक्षतामा शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नागरिकताका विषयमा गम्भीर छलफल भएको छ ।नागरिकता विधेयक पारित गरिनु राष्ट्रियतालाई नै जोखिममा पार्ने गम्भीर घात भएको ठहर मालेले गरेको छ । मालेले नेपालको दूरगामी हितमा नागरिकता नीति कठोर बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै त्यसका निम्ति हालसम्म बितरण गरिएका सबै जन्मसिद्ध नागरिकता प्रमाणपत्रहरु छानबिन गर्न