कांग्रेस महाधिवेशन : उम्मेदवार छनोट पेचिलो बनेपछि प्रदेश १ को उद्घाटन स्थगन

विराटनगर  : उम्मेदवार छनोटको विषय पेचिलो बनेपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को उद्घाटन समारोह स्थगित भएको छ।नेतृृत्व चयनका लागि नेताहरूले उम्मेदवार तय गर्न सकस भएपछि बिहीबार दिउँसो २ बजे हुने भनिएको उद्घाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगन भएको हो।उद्घाटन सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रमस्थलमा उपस्थित भएको करिब साढे २ घण्टापछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन स्थगित भएको जानकारी दिए।उम्मेदवार छनोटका लागि संस्थापन पक

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन - आज सकिएकाे मत गणनामा २१ केन्द्रीय सदस्य निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नाै जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी हुनुभएको छ । वाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल...

कांग्रेस महाधिवेशन– प्रदेश १ बाट सभापतिदेखि महामन्त्रीसम्मका आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यतिबेला आम चासोको विषय बनेको छ । १ नम्बर प्रदेश अधिवेशनको नतिजाले कांग्रेसमा झन् चासो थपेको छ । प्रदेश सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजय भोगेपछि कांग्रेस कार्यकर्ताबीच अनेकौं टीकाटिप्पणी हुन थालेका छन् । डा. शेखर कोइरालानिकट मानिएका घिमिरेले पराजय भोगेपछि मिश्रित टिप्पणी सामाजिक सञ्जालमा आइरहेका छन् तर पराजय भोगेका घिमिरेले प्रदेशको अधिवेशनले केन्द्रमा असर नपार्ने बताएका छन् । लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘प्रदेश र केन्द्रमा फरक हो, जिल्लामा भएको समीकरण प्रदे...

कांग्रेस महाधिवेशन : प्रदेश-१मा देउवा-सिटौला पक्षको प्यानलै विजयी

नेपाली का‌ंग्रेस प्रदेश १ समितिको सभापतिमा देउवा सिटौला समूहका उम्मेदवार उद्धव थापा विजयी भएका छन् । पौडेल कोइराला समूहका उम्मेदवार गुरुराज घिमिरलेलाई दुई मत अन्तरले पराजित गर्दै देउवा सिटौला समूहका...

नेपाली कांग्रेस महाधिवेशन : प्रदेश १ को मतगणना सुरु

विराटनगर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ।आइतबार सम्पन्न भएको  निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने भनिएको थियो। निर्धारित समयभन्दा ६ घण्टा ढिलो सुरु भएको छ।पौडेल‚ कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। आइतबार सम्पन्न निर्वाचनमा १ हजार ७५२ मत खसेको थियो।

प्रदेश १ को कांग्रेस महाधिवेशन : बल्ल शुरू भयो मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा ढिलो गरी मतदान शुरू भएको छ । बिहान ८ बजेदेखि शुरू हुने भनिएको महाधिवेशन दिउँसो साढे २ बजेपछि मात्रै शुरू भएको हो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अहिले उनीहरूबीच सहमति भएपछि मतदान शुरू भएको हो । खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले हारे महाधिवेशन प्रतिनिधिको चुनाव

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् । १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ७ गते भएको चुनावको मत परिणाम अनुसार उनले २०९ मत मात्रै प्राप्त गरे ।  यस्तै प्रदेश १ का सांसद शेखर चन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमै हारेका छन् ।  थापाले २१२ मत मात्रै प्राप्त गरेका छन् । गठबन्धन सरकार बनेपछि केन्द्रमा सरकारलाई सहयोग गर्न रामचन्द्र पौडेलको संयोजकत्वमा राजनितिक संयन्त्र बने जस्तै प्रदेश १ मा पनि राजिव कोइरालाको नेतृत्वमा राजनितिक संयन्त्र गठन गरिएको थियो ।&nbs...