राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् ।
१४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ७ गते भएको चुनावको मत परिणाम अनुसार उनले २०९ मत मात्रै प्राप्त गरे ।
यस्तै प्रदेश १ का सांसद शेखर चन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमै हारेका छन् ।
थापाले २१२ मत मात्रै प्राप्त गरेका छन् । गठबन्धन सरकार बनेपछि केन्द्रमा सरकारलाई सहयोग गर्न रामचन्द्र पौडेलको संयोजकत्वमा राजनितिक संयन्त्र बने जस्तै प्रदेश १ मा पनि राजिव कोइरालाको नेतृत्वमा राजनितिक संयन्त्र गठन गरिएको थियो ।&nbs...