विराटनगर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ।आइतबार सम्पन्न भएको निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने भनिएको थियो। निर्धारित समयभन्दा ६ घण्टा ढिलो सुरु भएको छ।पौडेल‚ कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। आइतबार सम्पन्न निर्वाचनमा १ हजार ७५२ मत खसेको थियो।