निगजढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

२२ साउन, काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरमा सारिने

काठमाडौं। हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्नको लागि त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिने भएको छ। इन्धनको मूल्य तत्काल घटाउन नेकपा एमालेले माग गरेको छ। निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरिएको छ। आजदेखि काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान सुर गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंक अगाडि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

सर्वोच्चको फैसलापछि कसरी अगाडि बढ्दैछ निजगढ विमानस्थल आयोजना ?

२ साउन, काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट ब्रेक लागेको बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया पुनः सुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समिति बैठकले आयोजना अगाडि बढाउने सम्बन्धमा अध्ययन गरी सुझाव दिने सम्बन्धमा विज्ञ समूह गठन गर्ने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गरेको छ । […]

अन्तत : अन्तरिम सरकार गठन गर्न राजी भए श्रीलंकाका राष्ट्रपति

वैशाख १२, कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले सोमवार देशमा जारी आर्थिक संकटलाई रोक्न र समाधान गर्न अन्तरिम सरकार गठन गर्न तत्काल कदम चाल्न इच्छुक रहेको बताएका छन्।      उनले यो सन्देश थेरवाद बौद्ध देशहरूमा बौद्ध गुरुहरूको निरीक्षण र नियमन गर्ने उच्च दर्जाका बौद्ध भिक्षुहरूका तीन अध्यायका महानायकहरू समक्ष दिएका हुन्  । कोभिड- १९ को महामारीपछि श्रीलङ्का ऋणको समस्या, तरलता समस्या, र न्यूनतम विदेशी सञ्चितिले लामो समयसम्म विद्युत् कटौती र इन्धनको अभावले उत्पादनशील उद्योग र मध्यम वर्गलाई असर पार्ने कारणले गम्भीर आर्थिक सङ्कटमा फसेको छ।      यसअघि महानायक थेरासले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतका सांसदहरूलाई देशमा सुशासन ल्याउन आवश्यक कारबाही गर्न आग्रह गरेका थिए । उनले त्यसो गर्न नसके महानायक थेरासलाई संघको महाधिवेशन जारी गर्न बाध्य हुने बताएका थिए ।      असगिरि, मालवाथु, रमन्या र अमरापुरा च्याप्टर्सका महानायक थेरासले २० औं संशोधनलाई खारेज गरेर बहुदलीय मन्त्रिपरिषद्को नियुक्तिमा जोड दिंदै विज्ञप्ति जारी गरेको छ ।      यसअघि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षले अन्तरिम सरकार बन्ने हो भने आफूले मात्रै नेतृत्व गर्नुपर्ने दाबी गरेका थिए ।      श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयता सबैभन्दा गहिरो आर्थिक संकटमा परेको छ। ऊर्जा अभावका कारण श्रीलंकाका केही भागमा कालोबजारी बढेको छ भने देशको विदेशी ऋण ५१ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।   यसअघि उनले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका थिए ।एजेन्सी

आर्थिक सङ्कट पार लगाउने उपाय खोज्न श्रीलङ्काका राष्ट्रपतिद्वारा विज्ञ समूह गठन

श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्षेले अर्थतन्त्र सुधारका लागि विज्ञ समूह नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ ।  विज्ञ समूहले गम्भीर आर्थिक सङ्कटमा परेको देशलाई कसरी पार लगाउने भनेर विभिन्न क्षेत्रको अध्ययन गर्नेछ । समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका पूर्व निर्देशक रहनुभएको छ । आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका २६ ज...

आर्थिक संकटपछि श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

चैत २४, कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीवार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा उल्लेख  छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन् ।         पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधवार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आईएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल गर्न शुरु गरेका छन् ।          हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् । श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।            श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका ती विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।    रासस/ सिन्ह्वा

बिग्रँदो अर्थतन्त्रप्रति बल्ल सरकारको चासो

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्रका सूचकहरू नकारात्मक दिशातर्फ उन्मुख हुँदै गएपछि त्यसलाई सुधार्न सरकारले चासो दिएको छ । अर्थतन्त्रमा परेका असरहरूको अध्ययन गर्न अर्थमन्त्री जनार्दन शर्माले संविधानसभाका पूर्वसदस्य तथा अर्थ राजनीति विश्लेषक हरि रोकाको नेतृत्वमा पाँचसदस्यीय विज्ञ समूह गठन गरेका छन् । मुलुकको समग्र अर्थतन्त्रमा देखिएका विद्यमान समस्याका साथै विश्व अर्थतन्त्रको कारण नेपालमा पर्ने असर लगायत विषयमा अध्ययन अनुसन्धान गरी सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्न मन्त्री शर्माले विज्ञ समूह गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाका अनुसार विज्ञ समूहमा सोम घिमिरे, जगत श्रेष्ठ, रघुवीर विष्ट र सुगमजंग केसी छन् । यो समूहले आर्थिक विकास र समृद्धि हासिल गर्न नीतिगत पक्षपोषण गर्ने, आर्थिक नीति विश्लेषण गर्ने र समग्र विश्व अर्थतन्त्रको समेत अध्ययन गरेर नेपालले लिनुपर्ने आर्थिक नीतिको बारेमा सुझाव दिने निरौलाले बताए । पछिल्लो समय अर्थतन्त्रका सूचकहरू बिग्रँदै गएको सरकारी तथ्यांकले नै देखाएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा देशको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ । बढ्दो शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिए पनि आयातमा कमी आएको देखिँदैन । चालू आर्थिक वर्षको ८ महीनामा रू. १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात हुँदा निर्यात भने रू. १ खर्ब ४७ अर्ब ७४ करोड बराबरको मात्र भएको छ । पछिल्लो समय मुलुकको बिग्रँदो अर्थतन्त्रप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राख्नुभएको छ । प्रधानमन्त्री देउवाले आर्थिक अवस्था सन्तुलनमा राख्न व्यापार घाटा घटाउने गरी काम गर्न मंगलवार सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले व्यापार घाटा कम गर्नेगरी काम गर्न भन्नुभएको हो । वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय र राष्ट्रिय याजना आयोगका अधिकारीहरू संलग्न बैठकमा उहाँले भनुभयो, ‘हाम्रो व्यापारघाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरू व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री देउवाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सम्भावना भएका क्षेत्रमा लगानी बढाउन पनि आग्रह गर्नुभएको छ । व्यापार घाटा कम गर्न विद्युत् खपत बढाउनुपर्ने भन्दै उहाँले विद्युतीय सवारीसाधन, विद्युतीय चूलो लगायतको प्रयोग बढाउन पनि निर्देशन दिनुभएको छ । ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,’ उहाँले भन्नुभयो, ‘अब हामीले पेट्रोलियम पदार्थ खरीदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधनको प्रयोग र विद्युत्को खपत बढाउनुपर्छ ।’

मेलम्चीको समस्या समाधान गर्न विज्ञ समूह गठन

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्वसचिवहरू सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ । खानेपानीमन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरूको समूह गठन गरेको हो ।

विज्ञ समूहबाट हरिभक्त श्रेष्ठको नाम हटाइयो

काठमाडौं – संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाइ उड्डयन क्षेत्र सहज बनाउन गठन गरेको विज्ञ समूहबाट हरिभक्त श्रेष्ठको नाम हटाएको छ । नागरिक उड्डयनका क्षेत्रमा सुझाव दिन मन्त्रालयले गएको चैत २५ गते मन्त्रीस्तरीय निर्णयबाट ३९ जनाको विज्ञ समूह गठन गरेको थियो । तर विज्ञ समूहमा रहेका हरिभक्त श्रेष्ठ लाउडा विमान प्रकरण...