त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरमा सारिने

काठमाडौं। हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्नको लागि त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिने भएको छ। इन्धनको मूल्य तत्काल घटाउन नेकपा एमालेले माग गरेको छ। निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरिएको छ। आजदेखि काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान सुर गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंक अगाडि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिंदै

२२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ । सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को […]