आर्थिक संकटपछि श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

चैत २४, कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीवार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा उल्लेख  छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन् ।         पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधवार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आईएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल गर्न शुरु गरेका छन् ।          हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् । श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।            श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका ती विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।    रासस/ सिन्ह्वा