मेलम्चीको समस्या समाधान गर्न विज्ञ समूह गठन

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्वसचिवहरू सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ । खानेपानीमन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरूको समूह गठन गरेको हो ।

सम्बन्धित सामग्री

सीमा विवादसम्बन्धी समस्या समाधान गर्न चीन-भुटान इजीएमको बैठक सम्पन्न

सांघाई: चीन-भुटानबीच विवादित सीमासम्बन्धी समस्या समाधानका लागि गठित विज्ञ समूह (इजीएम) को बैठक कुनमिङमा सम्पन्न भएको छ।  शुक्रबार सम्पन्न ११औँ इजीएममा दुवै पक्षले स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा वार्तालाई तीव्रता दिने विषयमा छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।  बैठकले २५औं चरणको वार्ताका लागि यथाशीघ्र मिति तय गर्ने समझदारी गरेको…

बिग्रँदो अर्थतन्त्रप्रति बल्ल सरकारको चासो

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्रका सूचकहरू नकारात्मक दिशातर्फ उन्मुख हुँदै गएपछि त्यसलाई सुधार्न सरकारले चासो दिएको छ । अर्थतन्त्रमा परेका असरहरूको अध्ययन गर्न अर्थमन्त्री जनार्दन शर्माले संविधानसभाका पूर्वसदस्य तथा अर्थ राजनीति विश्लेषक हरि रोकाको नेतृत्वमा पाँचसदस्यीय विज्ञ समूह गठन गरेका छन् । मुलुकको समग्र अर्थतन्त्रमा देखिएका विद्यमान समस्याका साथै विश्व अर्थतन्त्रको कारण नेपालमा पर्ने असर लगायत विषयमा अध्ययन अनुसन्धान गरी सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्न मन्त्री शर्माले विज्ञ समूह गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाका अनुसार विज्ञ समूहमा सोम घिमिरे, जगत श्रेष्ठ, रघुवीर विष्ट र सुगमजंग केसी छन् । यो समूहले आर्थिक विकास र समृद्धि हासिल गर्न नीतिगत पक्षपोषण गर्ने, आर्थिक नीति विश्लेषण गर्ने र समग्र विश्व अर्थतन्त्रको समेत अध्ययन गरेर नेपालले लिनुपर्ने आर्थिक नीतिको बारेमा सुझाव दिने निरौलाले बताए । पछिल्लो समय अर्थतन्त्रका सूचकहरू बिग्रँदै गएको सरकारी तथ्यांकले नै देखाएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा देशको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ । बढ्दो शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिए पनि आयातमा कमी आएको देखिँदैन । चालू आर्थिक वर्षको ८ महीनामा रू. १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात हुँदा निर्यात भने रू. १ खर्ब ४७ अर्ब ७४ करोड बराबरको मात्र भएको छ । पछिल्लो समय मुलुकको बिग्रँदो अर्थतन्त्रप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राख्नुभएको छ । प्रधानमन्त्री देउवाले आर्थिक अवस्था सन्तुलनमा राख्न व्यापार घाटा घटाउने गरी काम गर्न मंगलवार सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले व्यापार घाटा कम गर्नेगरी काम गर्न भन्नुभएको हो । वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय र राष्ट्रिय याजना आयोगका अधिकारीहरू संलग्न बैठकमा उहाँले भनुभयो, ‘हाम्रो व्यापारघाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरू व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री देउवाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सम्भावना भएका क्षेत्रमा लगानी बढाउन पनि आग्रह गर्नुभएको छ । व्यापार घाटा कम गर्न विद्युत् खपत बढाउनुपर्ने भन्दै उहाँले विद्युतीय सवारीसाधन, विद्युतीय चूलो लगायतको प्रयोग बढाउन पनि निर्देशन दिनुभएको छ । ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,’ उहाँले भन्नुभयो, ‘अब हामीले पेट्रोलियम पदार्थ खरीदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधनको प्रयोग र विद्युत्को खपत बढाउनुपर्छ ।’

रत्ननगरमा किसान कल सेन्टर स्थापना

चितवन । किसानको समस्या फोनमार्फत समाधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा ‘किसान कल सेन्टर’ सञ्चालन गरिएको छ । नेपाल सरकार अन्तर्गत फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानका लागि कल सेन्टर स्थापना गरिएको हो । नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवी अधिकारीले मंगलवार कल सेन्टरको संयुक्त रूपमा उद्घाटन गरेका थिए । किसानलाई आइपर्ने विभिन्न प्राविधिक लगायत अन्य समस्या समाधानका लागि निःशुल्क टोल फ्री नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनका लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ । फोनमार्फत किसानले राखेको समस्यालाई पालिकास्तरका प्राविधिकले तत्काल समाधान गर्ने र प्राविधिकले समस्या समाधान गर्न नसके विज्ञहरूलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रवीण लामाले जानकारी दिए । किसान, पालिका प्राविधिक, विज्ञ र विज्ञ समूह समेतलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या समाधान गर्ने बृहत् योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरू कृषि र पशुपालनप्रति जिम्मेवार रहेकाले चितवनमै पहिलोपटक पालिकास्तरमा कल सेन्टर सञ्चालनमा आएको बताए । किसानलाई प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा जिल्लाका अन्य पालिकामा पनि यसलाई विस्तार गर्न सकिने उनको भनाइ छ  । कार्यक्रममा मेयर नारायण वनले किसानको समस्या फोनमार्फत समाधान गर्न अपरिहार्य भएकाले कल सेन्टर स्थापना गरिएको बताए । ‘हामीले यो किसानलाई उपहारको रूपमा ल्याएका हौं,’ उनले भने, ‘किसानको पहिचानका लागि परिचयपत्रको समेत व्यवस्था गर्दै छौं ।’ मेयर वनले विपन्न किसानको जीवनस्तर उकास्न ५० प्रतिशत अनुदानमा गाई वितरण गर्ने प्रक्रिया शुरू भइसकेको जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईं, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख विनोद भट्टराई, चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्त लगायतको सहभागिता थियो ।

किसानको समस्या समाधानका गर्न रत्ननगरमा किसान कल सेन्टर स्थापना

भदौ १६, चितवन । किसानहरुको समस्या फोन मार्फत सामधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा किसान कल सेन्टर शुरु गरिएको छ ।  नेपाल सरकार अन्तर्गत फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानहरुका लागि कल सेन्टर स्थापना गरिएको हो । सो नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवि अधिकारीले मंगलवार कल सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  किसानहरुलाई आइपर्ने विभिन्न प्राविधिक लगायत अन्य समस्या सामधानको लागि निःशुल्क टोल फ्रि नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनको लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ ।  फोनमार्फत किसानले राखेको समस्यालाई पालिका स्तरका प्राविधिकले तत्काल सामधान गर्ने र प्राविधिकले समस्या समाधान गर्न नसके विज्ञहरुलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले जानकारी दिए ।  किसान, पालिका प्राविधिक, विज्ञ र विज्ञ समूह सम्मलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या सामधान गर्ने बृहत योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए ।  कार्यक्रमका प्रमुख अतिथि आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरु कृषि र पशुपालन प्रति जिम्मेवार रहेका कारण चितवनमै पहिलो पालिका स्तरमा रत्ननगरमा कल सेन्टर शुरु गरिएको बताए । किसानलाई प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुमा पनि यसलाई जोड्न सकिने उनको भनाइ छ  ।  कार्यक्रममा मेयर नारायण वनले किसानहरुको समस्या फोन मार्फत समाधान गर्न अपरिहार्य भएकोले कल सेन्टर स्थापना गरिएको बताए । ‘हामीले यो किसानलाई उपहारको रुपमा ल्याएका हौं उनले भने किसानको पहिचानको लागि परिचय पत्रको समेत व्यवस्था गर्दैछौं ।’ मेयर वनले विपन्न किसानहरुको जीवनस्तर उकास्न ५० प्रतिशतमा गाई वितरण गर्ने प्रक्रिया शुरु पनि भइसकेको बताए ।  कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.दयाराम चापागाईं, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकार्ई चितवनका प्रमुख विनोद भट्टराई चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्त लगायतको सहभागिता रहेको थियो ।