पर्वत : सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ। पर्वतको एक विकट गाउँमा भने विद्यार्थी दैनिक तीन घण्टाभन्दा बढी हिँडी पढ्न जान बाध्य भएका छन्।पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्न तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। पाखापानीमा माध्यमिक विद्यालय तीनवटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले टाढा जानुपरेको हो।