विद्यालय पुग्न हिँडेर ६ घण्टा लाग्ने विद्यार्थीहरुको पीडादायी कथा

– डम्मर बुढा मगर/ खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ […]

सम्बन्धित सामग्री

पढ्नका लागि बाटोको सकस

सडक, गोरेटो तथा पुल अभावमा ग्रामीण बस्तीका बालबालिकालाई विद्यालय पुग्न घण्टौँ समय लाग्ने गरेको छ। प्राथमिक तहको शिक्षा आर्जनका लागि पनि निकै सङ्घर्ष गर्नुपरेको छ। दाङ राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा मुलाबारीमा रहेको विद्यालय पुग्न दैनिक तीन घण्टा हिँड्ने गर्छन्। कक्षा ६ मा अध्ययनरत वीरेन्द्रका लागि तीन घण्टाको हिँडाइ पढाइका लागि भन्दा सास्ती धेरै भएको छ। जंगल र पहाडको बाटोमा तीन घण्टा हिँडेर विद्यालय पुग्नु आफैँमा सकस र जोखिम छ।

पैतालाको चोटले नरोकेको पढाउने चाहना

पैतालाको चोटले सुबिस्तासँग हिँडडुल गर्न मिल्दैन । तर पनि विजराम चेपाङ घरदेखि एक घण्टा परको विद्यालय पैदलै पुग्छन् । उनी बालविकास (शिशु) शिक्षक हुन् । ‘अरू आधा घण्टामा पुग्छन्, मलाई बेर लाग्छ,’ विजरामले आफ्नो बाध्यता सुनाए । घरदेखि विद्यालय पुग्न जंगलको बाटो हुँदै जानुपर्छ । भिरालो बाटोमा हिँड्दा पैताला चस्कन्छ । बिसाउँदै हिँड्दा उनलाई समय बढी लाग्ने गरेको हो ।