हेटौंडा : चैत्रको चर्को घाम, दायाबायाँ भीर भएको ओरालो बाटो भुईँमा लत्रिनै लागेको लामो फ्रकमाथि घुँडासम्म आइपुगेको सर्ट एउटा हातमा लौरो अनि अर्को हातले पिठ्युँमा ३ वर्षको बच्चा च्याप्दै एक घण्टा हिँडेपछि बल्ल घर पुग्छिन्, राक्सिराङ गाउँपालिकाकी रोजिना चेपाङ।मकवानपुरको विकट गाउँको अति सीमान्तकृत समुदायकी रोजिनाको यो विद्यालयबाट आउजाउ गर्ने दैनिकी हो। राक्सिराङ–९ घर भएकी उनी सिमलटारस्थित श्री प्राथमिक विद्यालयको कक्षा २ मा अध्ययनरत छिन्।उनको घरबाट विद्यालय पुग्न डेढ घण्टा उकालो लाग्