प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट संविधान रहेको दावी गरेका छन् । चौथो संविधान दिवसको अवसरमा बुधबार प्रदेश राजधानी हेटौंडामा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट संविधानले लिइएकोले विश्वमै उत्कृष्ट संविधान भन्न संकोच मान्नुपर्ने बताए ।