जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लिनुपर्ने विश्वासको मतबारे अन्योलता देखिएको छ। राउतले विश्वासको मत लिनु पर्ने हो या होइन अथवा लिनै पर्ने भए कहिले सम्म लिनुपर्ने हो भन्नेमा अन्योलता देखिएको हो।नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ। उपधारा २ बमोजिम पेस भएको प्रस