विराटनगर : नेकपा एमाले विभाजनसँगै प्रदेश १ मा नेकपा(एमाले)को संसदीय दलको नेताको हैसियतमा रहेका भीम आचार्य हतारमा मुख्यमन्त्री बने।आचार्य मुख्यमन्त्री भएपछि विपक्षी गठबन्धन त्यतिबेलै विराेधमा उत्रिएको थियो। दल विभाजनको संघारमा रहेको र राजनीतिक रूपमा अल्पमतमा परेका बेला प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री चयनमा विपक्षीले खरो टिप्पणी गरेका थिए। पार्टी विभाजनपछि अल्पमतमा परेसँगै अब आचार्यले मुख्यमन्त्री भइरहन सदनबाट विश्वासको मत लिनुपर्छ।नेपालको संविधान २०७२ को धारा १८८(२) मा ‘मु