काठमाडौं : नाकमा बुलाकी। कानमा च्वाङ्डी, चाँदीका खुटीला अनि चोली लगाएकी। भीडभाडमा पनि पहिरनले उनलाई सजिलै चिनिथ्यो। उनी थिइन् हुम्लाकी न्युमा बुढा।विकट हुम्लाबाट उनले पहिलो पटक काठमाडौंमा टेकेकी हुन्। यसअघि उनका दैनिकी गाउँमै घरायसी काममा बित्थ्याे।तर काठमाडौं सहर हेर्ने उनको रहर नेपाली कांग्रेसको महाधिवेशनले जुरायो।४५ वर्षीया न्युमाले प्रधानमन्त्री देउवा भनेको सुनेकी छन्। तर, उनलाई प्रधानमन्त्रीको पूरा नाम होइन, ‘देउवा’ मात्र थाहा छ। चिनेकी&nb