प्यान लिनेको सङ्ख्या ४० लाख नाघ्यो

काठमाण्डाै - नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४० लाख नाघेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनासम्म प्यान लिनेको सङ्ख्या ४० लाख ४३ हजार सात सय पुगेको छ । यी मध्ये १५ लाख ९३ हजार व्यावसायिक प्यान, २४ लाख ४१ हजार व्यक्तिगत र नौ हजार एक सय प्यान कर कट्टी गर्ने निकायले लिएको प्यान रहेको छ ।चालु आर्थिक वर्षको साउनदेखि वैशाख अर्थात १० महिनामा सात लाख ६ हजार नयाँ प्यान जारी भएका छन् । गएको वर्षको असारसम्म ३३ लाख ३७ हजार प्यान जारी भएकोमा अहिले ४० लाख नाघेको छ । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनेको सङ्...

सम्बन्धित सामग्री

करको दायरामा आउने करदाताको संख्या ४० लाख नाघ्यो

२९ असार, काठमाडौं । करको दायारमा आउने करदाताको संख्या ४० लाख नाघेको छ । महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन–२०७९ अनुसारमा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीन वटै समूहका करदाताहरुको संख्यामा वृद्धि हुँदा करको दायरामा आउने कुल करदाताको संख्या ४० लाख ५९ हजार १०७ पुगेको हो । अघिल्लो वर्षको तुलनामा आयकरतर्फ १८.९ , मूल्य अभिबृद्धितर्फ ४.८७ […]

युक्रेन छोड्नेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । रुसले आक्रमण सुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार पलायनको गति र मापन दोस्रो विश्वयुद्धताका भन्दा बढी रहेको छ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ५ हप्ताको अवधिमा देशका अनुमानित ७५ लाख बालबालिकामध्ये आधाभन्दा बढी […]

जापानमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

जापानमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख बढी पुगेको छ । जापानमा करीब आधा वर्षमा मात्रै ओमिक्रोन भेरियन्टबाट ३० लाख बढी संक्रमित भएका छन् । जापानमा कोरोना भाइरस संक्रमण सुरु भएपछि १९ महिनामा संक्रमितको संख्या १० लाख पुगेको थियो । तर, पछिल्लो भेरियन्ट सुरु भएपछि २० लाख पुग्न साँढे पाँच महिना लागेको थियो भने ३० …

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तक

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन।

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघ्यो

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा पाँच लाख २८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। यस्तै भारतमा चार लाख ५ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वमा अहिले २८ करोड ५८ लाख ५७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सबैभन्दा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेसले कोरोना महामारीलाई नियन्त्रण गर्न अझै धेरै प्रयत्न गर्नु पर्ने बताउनु भएको छ । कोरोना विरुद्धको खोपको विकासले सङ्क्रम...

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं।कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ४० लाख ३०९ जनाको मृत्यु भइसकेको छ।सबैभन्दा बढी अमेरिका ६ लाख २१ हजार ३३५, ब्राजिलमा ५ लाख २५ हजार २२९,भारतमा ४ लाख ३ हजार ३१०, रुसमा १ लाख ३८ हजार ५७९ र बेलायतमा १ लाख २८ हजार २३१ जनाको मृत्यु भएको छ।