आपूर्तिमन्त्रीले भने–पद छाड्न तयार छु, तर निगमको जग्गा खरिद प्रकरणका दोषीलाई उन्मुक्ति दिन्न :: Pahilopost.com

विराटनगरः वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिएका जो भएपनि तिनलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रकट गरेका छन्। मन्त्री भएर पहिलो पटक आफ्नो गृह जिल्ला मोरङ आएका मण्डलले दोषीलाई कारबाही गर्न तयार रहेको जनाउ दिएका हुन्। विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग मन्त्री मण्डलले आफ्नो

सम्बन्धित सामग्री

वायुसेवा निगमलाई ऋण दिन कोही तयार भएनन्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गत माघ ९ गते १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने भन्दै इच्छुक ऋणदातालाई प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तोकिएको अवधिमा कसैले पनि प्रस्ताव पेश नगरेपछि निगमले पुन: एक्सप्रेशन अफ इन्ट्रेस्ट (ईओआई) जारी गरेर प्रस्ताव आह्वान गरेको छ ।  तोकिएको अवधिमा कुनै पनि साझेदार, सरकार वा कम्पनीले ऋण दिने प्रस्ताव नहालेपछि निगमले बुधवार पुन: ईओआई जारी गरेको हो । निगमले अहिले आफूसँग भएका जहाज किन्दा लागेको ऋणको साँवाब्याज भुक्तानी गर्न, थप जहाज किन्न र ह्यांगर बनाउन ऋणदाता खोजेको छ । अहिलेसम्म कुनै ऋणदाता निगमले पाउन सकेको छैन । निगमले उक्त प्रयोजनका लागि गत माघकै प्रकृतिको ऋण विवरणसमेत सार्वजनिक गरेको छ ।  निगमले सार्वजनिक गरेको सूचनामा इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनी, सरकार र अन्य ऋणदातालाई निवेदन दिन आग्रह गरिएको छ । अहिले निगमको ऋण ४८ अर्ब रुपैयाँभन्दा बढी छ । सन् २०१५ मा चारओटा जहाज किन्न लिएको ऋण र त्यसको ब्याज गरी निगमको ऋण दायित्व झन्डै आधा खर्ब रुपैयाँ पुग्न लागेको हो । ऋण बढेकै अवस्थामा यति बेला उक्त ऋण तिर्न र नयाँ जहाज किन्न थप ऋणका लागि सम्बद्ध संस्थाहरूलाई निगमले आग्रह गरेको हो । निगमको ईओआईअनुसार सबैभन्दा धेरै ऋण जहाज खरीदमा प्रयोग हुनेछ । त्यस्तो ऋणबाट जहाज खरीदका लागि अनुमानित ७५ अर्ब, अहिले भएको ऋण चुक्ता गर्न ५५ अर्ब र ह्यांगर बनाउन ५ अर्ब रुपैयाँ खर्च हुनेछ । पूँजी अभाव, ऋणको भार र जहाज अभावको चर्काे दबाबमा रहेको निगमले सहुलियत ब्याजदरको ऋण लिएर खरीद कार्य अघि बढाउन खोजे पनि दाताले विश्वास नगरेको देखिएको छ । निगमको ऋणदातामा अहिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष छन् । यी ऋणदातालाई नै निगमले वार्षिक अर्ब रुपैयाँभन्दा बढी ब्याजबापत तिर्नुपर्छ । यी निकायको महँगो ब्याज भएकाले उक्त ऋण तिर्न निगमले सहुलियत कर्जा खोजेको सम्बद्ध अधिकारीको भनाइ छ । नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन २०८० मा निगमको सञ्चित कुल ऋण ४८ अर्ब ३ करोड रुपैयाँ रहेको उल्लेख छ । निगमले कुल ऋणको करीब १० प्रतिशतभन्दा बढीको दरले ब्याज तिरिरहेको छ ।

दिल्ली जान लागेको निगमको विमान विमानस्थलले रोक्यो

काठमाण्डाै – भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए–२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो । आज आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा आफैँ गएर उडान रोकिदिएको ठाकुरले उज्यालोलाई जानका...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठुला विमानका लागि कति उपयुक्त ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेको छ भने व्यावसायिक उडानको तयारी लगभग पूरा भइसकेको छ ।बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान उक्त विमानस्थलमा अवतरण गर्दा झन्डै २० मिनेट रनवेमै रोकिएपछि भने धेरैको मनमा यो विमानस्थल ठुला विमानका लागि उपयुक्त नभएको हो कि भन्ने आशंका उब्जिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सचिव त

शंकास्पद व्यक्ति पसेको घटनामा निगमका सुरक्षा कमान्डर निलम्बित

नेपाल वायु सेवा निगमको कतार उड्न तयार विमानभित्र पासपोर्ट र टिकट नभएका अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ।...

काठमाडौं विश्वविद्यालयमा तयार हुँदैछ हाइड्रोजनबाट चल्ने कार

काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) र नेपाल आयल निगमको सहकार्यमा नेपालमै हाइड्रोजनबाट चल्ने कार निर्माण हुन थालेको छ । पेट्रोलबाट चल्ने मारूती कारलाई विश्वविद्यालयका विद्यार्थीले हाललाई विद्युत र भविष्यमा हाइड्रोजनबाट चलाउन मिल्ने गरेर बनाउन लागेका छन् ।मारुती कार रूपान्तरणको काममा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत १६ जना विद्यार्थी सक्रिय भएर लागेका छन् । यो अभियानको संयोजन विश्वविद्यालयकै विद्यार्थी इन्जिनियर विश्वास न्यौपानेले गरेका छन् भन

ग्यासको अनुदान इन्डक्सन चुल्होमा सार्न आयल निगमको प्रस्ताव

२३ भदौ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होमार्फत विस्थापनका लागि सरकारले योजना बनाएमा सहयोग गर्न तयार रहेको बताएको छ । खाना पकाउने ग्यासमा धान्नै नसक्ने गरी घाटा बढ्दै गएको छ । यस्तो अवस्थामा सरकारले चाहेमा ग्यासमा दिँदै आइएको अनुदान इन्डक्सन चुल्होमा सारेर आवश्यक अनुदानका लागि आर्थिक सहयोग गर्न निगम तयार भएको […]

नेपालीको उद्धारका लागि  वायुसेवा निगमको जहाज अफगानिस्तान जाने तयारीमा

साउन ३१, काठमाडौं ।  नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले त्यहाँका सहरहरु कब्जा जमाउन थालेसँगै नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।   श्रम स्वीकृत लिएर सङ्गठित तथा औपचारिक रुपमा त्यहाँ गएर रहे बसेका नेपाली १ हजार ५०० को हाराहारीमा  रहेको बुझिएको छ । आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको स्रोतले बताएको छ । उडान सुरक्षाको प्रत्याभूतिसहित परराष्ट्र मन्त्रालयबाट अनुमति पाए अफगानिस्तानमा चार्टर उडान गर्न तयार रहेको निगमले बताएको छ । यसैबीच प्रतिनिधि सभाको अन्तरराष्ट्रिय सम्बन्ध सतिमितले आइवार अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।            समितिले तालिवान विद्रोहीहरु राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा पर्न सक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो

टोकला मसला चिया अब नयाँ प्याकमा

काठमाडौं । चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

सिलिन्डर लिन वाइडबडी विमान चीन जाने

काठमाडौं। चीनले सहयोगस्वरुप दिने ४०० थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान बेइजिङ जाने भएको छ। निगमको जहान सोमबार चीनको राजधानी जाने भएको हो। चीनले आइतबार नै ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर बेइजिङ एयरपोर्टमा तयार राख्ने परराष्ट्र मन्त्रालयलाई बताएको छ।

सिलिन्डर लिन वाइडबडी विमान चीन जाने

काठमाडौं। चीनले सहयोगस्वरुप दिने ४०० थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान बेइजिङ जाने भएको छ। निगमको जहान सोमबार चीनको राजधानी जाने भएको हो। चीनले आइतबार नै ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर बेइजिङ एयरपोर्टमा तयार राख्ने परराष्ट्र मन्त्रालयलाई बताएको छ।