काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) र नेपाल आयल निगमको सहकार्यमा नेपालमै हाइड्रोजनबाट चल्ने कार निर्माण हुन थालेको छ । पेट्रोलबाट चल्ने मारूती कारलाई विश्वविद्यालयका विद्यार्थीले हाललाई विद्युत र भविष्यमा हाइड्रोजनबाट चलाउन मिल्ने गरेर बनाउन लागेका छन् ।मारुती कार रूपान्तरणको काममा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत १६ जना विद्यार्थी सक्रिय भएर लागेका छन् । यो अभियानको संयोजन विश्वविद्यालयकै विद्यार्थी इन्जिनियर विश्वास न्यौपानेले गरेका छन् भन