आर्सनलका फ्रान्सेली लिजेन्ड थिएरी हेनरीले आफू लगातार मानसिक चिन्ताबाट गुज्रिरहेको खुलासा गरेका छन् । उनले आफ्नो खेलजीवनमा यो समस्या अझ चर्को रहेको बताए । फ्रान्सका लागि विश्वकप जितेका ४६ वर्षीय हेनरी आर्सनलका लागि सर्वाधिक गोलकर्ता हुन् ।
कुनै कुराको चिन्ता गर्नु स्वभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिं हानिकारक हुनसक्छ । दिनरात तनाव वा चिन्ता लिंदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । र, डिप्रेसनमा पुगिसक्दा समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ । आजभोलि डिप्रेसनले सिकार भएका कलिला उमेरदेखि पाको उमेरका मानिस अस्पतालका मानसिक रोग विभागमा धेरै […]
-हरि बाँस्तोला गण्डकी, ४ पुस : आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् । “आर्थिक विपन्नताका कारण परिवारको दैनिकी […]
स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पत्ति हो । असल स्वास्थ्यविना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन । स्वास्थ्यको विविध पक्ष हुन्छन् । प्रतिकारात्मक, प्रवद्र्धनात्माक वा उपचारात्मक सबै पक्षको महत्त्व असल स्वास्थ्य प्राप्तिको निम्ति उत्तिकै रहेको हुन्छ । पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तिनै पक्षलाई समेट्नुपर्छ । हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषका रूपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ ।
अमेरिकी महादेशमा सबैभन्दा पहिले धूम्रपान प्रचलित रहेको पाइन्छ । यूरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धूम्रपानको शुरुआत गरेका हुन् । अमेरिकी रेड इन्डियनहरूले धूम्रपान गर्ने नाली (पाइप)लाई टोबागो भन्छन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे । सुर्तीको बिरूवा शुरूमा यूरोपमा औषधिका रूपमा भित्र्याइएको थियो । चुरोटको धूँवामा शरीरलाई असर गर्ने ४ हजार रासायनिक तत्त्व रहेका हुन्छन् । त्यसमध्ये मुख्य तत्त्व कार्बनमोनोअक्साइड, निकोटिन, टार आदि प्रमुख हुन् ।
विश्वमा धूम्रपान अम्मलीहरूको ठूलो भाग दक्षिण पूर्वी एशियामा अवस्थित छ । विशेषतः नेपाल, भारत, पाकिस्तानमा धूम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन् । नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको संख्या बढीमात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको संख्या अधिक मात्रामा छ । सुर्तीजन्य पदार्थको कारणबाट लाग्ने रोगका रोगीहरूको संख्या नेपालमा अधिक मात्रामा रहेको छ ।
मानिसमा यसको आगोले सल्काएर धूँवा तान्ने लत बसिसकेपछि संसारमा अर्बौं मानिस धूँवाको दास बनेका छन् । आफ्नो जिन्दगी जलाउँदै छन्, शुद्ध श्वास फेर्ने फोक्सो । संसारमा हरेक मिनेट १ करोड चुरोट विक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको सुर्ती सेवनका कारण मृत्यु हुने गर्छ भने हरेक १० जनामध्ये एक जना वयस्कको अकालमा मृत्यु चुरोट सेवनको कारणले हुन्छ ।
सामान्यतया धूम्रपानका अम्मलीहरू गरीबीहरूका कारण बढी भएको पाइन्छ भने धनी मानिसहरू पनि धूम्रपान शोखको रूपमा सेवन गर्छन् । मानिस गरीब भएपछि विविध पीर चिन्तामा डुब्ने गर्छ र पीरबाट मुक्ति पाउन सकिन्छ भन्ने भ्रममा परेर अधिक धूम्रपान गर्छन्, जसबाट स्वास्थ्यमा असर पर्न गई पुनः बिरामी पर्छ र पैसा खर्च गरेर उपचार गर्नुपर्छ । यसरी धूम्रपान र गरीबीबीच चक्र चलिरहन्छ । गरीबीको कारणबाट रहेको निरक्षरता पनि धूम्रपानको अम्मली बनाउने प्रमुख तत्त्व हो । उदाहरणका रूपमा एकजना व्यक्तिले १ दिनमा कम्तीमा २० ओटा सूर्य चुरोट सेवन गर्छ भने अब उसको धूम्रपान खर्च हेरौं । आजभोलि सूर्य चुरोटको मूल्य प्रतिगोटा रू. २० रहेको छ । १ दिनमा २०ह२०.४०० रुपैया, १ महीनामा (३०ह४००) . १२००० रुपैयाँ, १ वर्षमा (३६५ह४००) . १४६००० रुपैयाँ, अब यदि उसले १५ वर्षमा धूम्रपान शुरू गरेको भए, (६०–१५) वर्ष.४५ वर्षमा जम्मा खर्च (४५ह१४६०००) . ६५७०००० रुपैयाँ गर्छ । जुन रकमले उनले आरामसँग जिन्दगी बिताउन सक्छ । वृद्ध अवस्थामा दम, खोकीजस्ता रोगसँग जुध्नु पर्दैन । उक्त रकममा धूम्रपानबाट लाग्ने रोगमा खर्च हुने रकम समावेश गरिएको छैन ।
समुदायमा धूम्रपान गर्नेहरूमध्ये निरक्षरको संख्या अधिक रहेको छ । जबसम्म अन्धकाररूपी निरक्षरतालाई हटाउन सकिँदैन तबसम्म धूम्रपान मात्र नभई समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ । राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनुभन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्त्व छ भनी बुझ्नु नितान्त जरुरी छ । शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ । त्यसैले शिक्षकले धूम्रपान विरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्छ ।
धूम्रपान शुरुआत गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो, जुन अहिलेका बालबालिकाको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ । उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको संख्या पक्कै नियन्त्रण गर्न सकिन्छ ।
विभिन्न व्यक्ति समाजमा आप्mनै किसिमको स्वभाव लिएर जन्मेको हुन्छ । त्यसैले त भनिन्छ– कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि हुन्छ । त्यस्तै मानिसका शोखहरू पनि विविध प्रकारका हुन्छन् । एउटा व्यक्ति समाजमा शारीरिक, मानसिक तथा सामाजिक रूपले स्वस्थ भएर बाँच्नका लागि सामान्य स्वभाव हुनु आवश्यक हुन्छ । धूम्रपान गर्ने व्यक्तिहरू केही न केही रूपमा असामान्य स्वभाव भएका हुन्छन्, त्यसले समाजमा विभिन्न विकृतिहरू देखाइरहेको हुन्छ । धूम्रपानको असरलाई कम गर्न यसका विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, खाना खाएपछि धूम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेलजस्ता वस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ, किशोर वयको समयमा धूम्रपानको शुरुआत गर्ने भएकाले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नुपर्छ । धूम्रपानको कुलतमा नफस्नका लागि धूम्रपान सेवन गर्ने साथीहरूसँग नहिँड्ने यदि कुनै साथी धूम्रपान गर्ने भएमा छाड्न लगाउनुपर्छ, विशेषतः आमाबाबु वा परिवारका ठूला व्यक्तिहरूको धूम्रपानबाट बालबालिकाले सिक्ने भएकाले घरपरिवारमा ठूलाबडाले धूम्रपान गर्नु हुँदैन । धूम्रपानबाट मुख गन्हाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सरजस्ता रोग लाग्ने भएकाले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमहरूबाट धूम्रपान विरोधी प्रचारप्रसार गर्नुपर्छ, । धूम्रपानबाट परिवार, समुदाय र राष्ट्रमा परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे समयमै कार्यनीति बनाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले यो समस्या हल गर्न पहल गर्नु समयको माग हो ।
अधिकारी गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।
अहिले म शारीरिक, मानसिक रुपमा विक्षिप्त अवस्थामा छु। अतः म आफू आफैलाई बोझ भएको छु। पृथ्वीको भार भएर बाँच्नु साह्रै पीडा हुँदो रहेछ। बा-आमाका लागि केही गर्न सकिनँ। चिन्तै चिन्तामा उहाँहरु स्वर्गबास हुनुभयो। श्रीमतीले पनि मलाई त्यागेर अरुलाई अंगाल्न पुगिन्। उनले मलाई त्याग्नुमा पनि तपाईंहरु नै दोषी हो।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव सभ्यता नै संकटमा छ । अधिकांश मान्छे कोरोना संक्रमण भन्दा त्रासकै कारण चिन्तामा छन् । मलाई समुदायमा कसरी हेर्ने हुन्, कस्तो व्यवहार गर्ने हुन् भन्ने मानसिक तनाव क्वारेन्टाईनमा बसेकालाई छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव सभ्यता नै संकटमा छ । अधिकांश मान्छे कोरोना संक्रमण भन्दा त्रासकै कारण चिन्तामा छन् । मलाई समुदायमा कसरी हेर्ने हुन्, कस्तो व्यवहार गर्ने हुन् भन्ने मानसिक तनाव क्वारेन्टाईनमा बसेकालाई छ ।
लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने सन्देश सुनेरै कतिपय दिनभर हात धुने काम मात्रै गरेको पनि अस्पतालले जनाएको छ । बीस सेकेण्डसम्म मिचीमिची हात धुनु भन्ने सन्देश सुनेरै उनीहरु दिनभर अधिकांश समय हात धोएरै बिताउने गरेका छन् ।
हामी धेरै समय चिन्तामा गुज्रिरहेका हुन्छौँ । हामीलाई सधैँ खुसी रहन विभिन्न खालका चुनौतीले बाधा पु¥याइरहेको हुन्छ । सोही कारण चाहेर पनि खुसी हुन सकिँदैन । यसले गर्दा शारीरिक, मानसिक...पूरा पढ्नुहोस् »