निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ ।