राजेन्द्र रावललाई आफैंले नसोचेको मुख्यमन्त्रीको पद

२७ पुस, धनगढी । आमनिर्वाचन–२०७९ को अन्तिम मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित थियो । २०६४ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट चुनाव लड्दै आएका भट्ट मुख्यमन्त्री बन्ने शर्तमै प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जितेका थिए । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर निर्वाचन क्षेत्र परिवर्तन गरेर […]