आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् । यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको य