आमनिर्वाचन २०७९- मतदान सुरु

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ। आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयाेगले जनाएको छ।यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।