काठमाण्डौ – उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन अपिल गरेको छ ।
शुक्रवार काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मार्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको भने अहिलेलाई त्यो अवस्था रोक्न अपिल गरेको हो ।
मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।
‘फोहरको उचित व्यवस्थापन गरौँ तर फोहर जलाउने काम नगरौँ । कसैले...