लामो दूरीका सार्वजनिक सवारीले उपत्यका प्रवेश पाउने

काठमाडौं। लामो दुरीका सार्वजनिक सवारीले स्वास्थ्य मापदण्ड पुरा गरी उपत्यका प्रवेश गर्न पाउने भएका छन्। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएका सार्वजनिक यातायातलाई उपत्यका प्रवेशको अनुमति दिने निर्णय गरेका छौँ।’ निरौलाकाअनुसार बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

काठामाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा थप कडाई

काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाइएको छ।अर्को सूचना प्रकाशित नहुन्जेलसम्म हरेक दिन साँझ ८ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन।“ अत्यावश्यक सेवा,ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ”,काठमाडौं जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

आजदेखि काठमाडौं उपत्यकामा ८ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ। कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ। जिल्ला प्रशासन कार्यालयहरूल

कोरोनाविरुद्ध साँझ ७ बजेपछि पुलिसको लौरो !

नेपाल सरकारका सहसचिव भीष्मकुमार भुसालले बुधबार बिहान फेसबुकमा लेखे– ‘राति ८ बजेपछि कोरोना सक्रिय हुने होइन । सबै मानिस घरभित्र पसिसकेपछि कोरोनाले सडकमा राज्य गर्ने पनि होइन ।’कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकाका तीन जिल्लाका सिडिओहरुले अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश दिएपछि सरकारी कर्मचारीदेखि सर्बसाधारणसम्मले राति कोरोना

अत्यावश्यक बाहेक उपत्यका प्रवेश नगर्न यात्रुहरुलाई आग्रह

काठमाडौं- लामो दुरीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा खुला गरिएकोबारे जारी प्रेस विज्ञप्तिमा भनिएको छ- अत्यावश्यक काम विषेशले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति भएपनि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले जारी गर्ने विज्ञप्ति एउटै हुन्छ। ललितपुर जिल्ला प्रशासन प्रमुख – सिडिओ […]

उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।