भारतमा डिजेल पेट्रोलको भाउ अहिलेसम्मकै महँगो

कात्तिक १४, नयाँ दिल्ली (भारत) । भारतमा डिजेल र पेट्रोलको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतवार लगातार पाँचौ दिन पनि भाउ बढेपछि देशभर पेट्रोलियम पदार्थ महँगिएको हो । सरकारी तेल कम्पनीहरुले आइतवार डिजेल र पेट्रोल दुवैको भाउ प्रतिलिटर ३५ पैसा बढाएका छन् । योसँगै दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपया ३४ पैसामा पुगेको छ । डिजेलको भाउ पनि ९८ रुपया ७ पैसा भएको छ । मुम्बईमा पनि डिजेल र पेट्रोल क्रमशः प्रतिलिटर ११५ रुपया १५ पैसा र १०६ रुपया २३ पैसा भएको छ । देशको बाहिरी क्षेत्रहरुमा पेट्रोल र डिजेल झनै महँगो छन् । मध्य प्रदेशको सीमा नजिक रहेको  जिल्लामा पेट्रोलको भाउ १२१ रुपया माथि पुगिसकेको भन्दै प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले समाचार छापेको थियो । बिगत ३७ दिन मध्ये २९ दिनमा डिजेल महँगो भएको छ । यस अवधिमा दिल्लीमा डिजेलको भाउ प्रतिलिटर ९ रुपया ५५ पैसाले बढेको छ । पेट्रोल पनि अघिल्ला ३३ दिनमध्ये २६ दिनमा बढेको छ । यस अवधिमा यसको भाउ प्रतिलिटर ८ रुपया १५ पैसा बढेको छ । एजेन्सी

सम्बन्धित सामग्री

अवस्थीले ल्याए ‘लागू औषध छोडौँ’ (भिडिओ)

कैलाली । ग्यास डिजेल पेट्रोलको भाउ महँगो भयो सर्वहारा जनताको चुलो निम्ने भयो सरकारलाई त छ रङ्गी चङ्गी जनतालाई ढाँड सेक्ने महँगी भ्रष्टाचार तथा महँगी विरुद्ध बुलन्द साङ्गीतिक कोसेली बजारमा ल्याएर चर्चा कमाएका सर्जक रामप्रसाद अवस्थीले युवा पुस्तालाई लागू औषधबाट जोगाउनु पर्ने सन्देश मूलक नयाँ गीत बजारमा ल्याएका छन् । स्कुल क्याम्पस पढ्दा पढ्दै कुलतमा […]

लोक संस्कृतिलाई विश्व बजारीकरण गर्ने बाटोमा लागिरहेका रामप्रसाद

कैलाली । ग्यास डिजेल पेट्रोलको भाउ महँगो भयो सर्वहारा जनताको चुलो निम्ने भयो सरकारलाई त छ रङ्गी चङ्गी जनतालाई ढाँड सेक्ने महँगी…. देशै भरी भ्रष्टाचार तथा महँगी विरुद्धमा हुने साङ्गीतिक आन्दोलनमा प्राय सुन्न पाइने गीत हो यो । सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा काठमाडौँको माइतीघर मण्डलामा पनि निकै घन्कियो यो गीत । […]

फेरि इन्धनको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो

नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

एक हप्तामै लिटरमा २० रुपैयाँ मूल्य बढाएपछि भारतमा भन्दा नेपालमा इन्धन महँगो

जेठ ९, वीरगञ्ज । एक समय सरकारका उच्च पदस्थ अधिकारीहरू नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकाले पनि मूल्यवृद्धि गर्नु परेको बताउँथे । भारतमा इन्धन महँगो भएकाले नेपालका सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा भारततर्फ अवैध निकासी भइरहेको दाबी उनीहरूको थियो । तर, अहिले अवस्था उल्टो भएको छ । अब सीमावर्ती भारतीय बजारभन्दा नेपालमा पेट्रोलियम पदार्थ महँगिएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै अब भारतभन्दा नेपालमा मूल्य बढी भएको हो । भारत सरकारले कोरोना महामारी र मूल्यवृद्धिका कारण समस्यामा परेका न्यून आयस्तर भएका जनतालाई राहत दिन मूल्य घटाएपछि नेपालको इन्धन महँगो भएको हो । गत शनिवार भारतले पेट्रोल र डिजेलमा अन्तशुल्क घटाएपछि यी दुवै इन्धनको मूल्य क्रमशः भारू ९.५ र ७ ले घटेको छ ।  भारत सरकारको यो निर्णयसँगै त्यहाँको इन्धन नेपालको तुलनामा सस्तिएको हो । यता नेपाल आयल निगमले घाटा बढेको भन्दै निरन्तर मूल्य बढाउँदै आएको छ । निगमले एक सातामै २ पटक भाउ बढाएको छ । नेपालमा अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ तोकिएको छ । भारतीय आयल निगमका अनुसार छिमेकी भारतको बिहार राज्यमा पेट्रोल डिजेल र मट्टीतेलको भाउ क्रमशः भारू १०९.०१, ९४.४ र ७०.६८ छ । यो नेपाली रुपैयाँ क्रमशः १७४.४, १५१.०४ र ११३.९ हुन्छ । भारतमा त्यहाँका जनताले सहुलियत दरको मट्टीतेल भारू २९ (४६.४ रुपैयाँ)मा पाउँछन् । नेपाल आयल निगमले खाना पकाउने एलपीजी प्रतिसिलिण्डर (१४.२ किलो) को मूल्य एकै पटक २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ पुर्याएको छ । भारतको बिहारमा यही परिमाणको ग्यास भारू १०९२.५ (१ हजार ७४८ रुपैयाँ) मा उपलब्ध हुन्छ ।

भारतमा विगत ९ मध्ये ८ दिनमा बढ्यो डिजेल र पेट्रोलको भाउ, के होला नेपालमा ?

चैत १६, काठमाडौं । भारतमा विगत ९ दिनमध्ये ८ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधवार पनि त्यहाँ पेट्रोल र डिजेल दुबैको भाउ ८०/ ८० पैसा बढाइएको छ । यो विगत ९ दिनमा भएको आठौं मूल्य वृद्धि हो । पछिल्लो भाउ वृद्धिसँगै दिल्लीसमेत देशका प्रमुख शहरहरुमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०० रुपया नाघेको छ । दिल्लीमा एक लिटर पेट्रोलको खुद्रा मूल्य १०१ रुपैया १ पैसा कायम भएको छ । अर्थात् दिल्लीबासीहरुले एक लिटर पेट्रोलका लागि १०१ रुपैयाभन्दा धेरै खर्च गर्नु पर्नेछ ।  त्यस्तैगरी, डिजेलको भाउ पनि लिटरकै ९२ रुपैया २७ पैसा पुगेको छ । देशभरमा पेट्रोलियम पदार्थ सबैभन्दा महँगो मुम्बईमा छ । त्यहाँ एक लिटर पेट्रोलको भाउ ११५ रुपया ८८ पैसा पुगेको छ । डिजेलको भाउ पनि १०० रुपैया १० पैसा कायम भएको छ । पेट्रोल र डिजेल दुबैको भाउ क्रमशः ७५ र ७६ पैसा बढाइएको चेन्नईमा यी दुई इन्धनको भाउ क्रमशः १०६ रुपया ६९ पैसा र ९६ रुपया ७६ पैसा पुगेको छ ।  मार्च २२ यता भारतमा इन्धनको भाउ लिटरमा करीब ५ रुपैया ६० पैसा बढिसकेको छ । केही राज्यमा विधान सभाको निर्वाचनलाई लक्षित गरेर सरकारले १३७ दिनसम्म पेट्रोलियम पदार्थको दैनिक मूल्य संशोधन स्थगित गरेको थियो । मूल्य संशोधन स्थगन शुरुमा बताइएकोभन्दा २ हप्ता धेरैसम्म गरिएको छ । पछिल्लो समय दैनिक रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि झन्डै साढे चार महीनासम्म रोकिएको मूल्य वृद्धि संसोधनको विरोध बढेको छ । यस्तोमा अर्थमन्त्री निर्मला सितारमणले भने सरकारको सो निर्णयको बचाउ गर्दै युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण विश्व भर आपूर्ति शृङ्खलामा देखिएको अवरोध र विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका कारण भाउ बढेको र यो अस्थायी प्रवृत्ति भएको बताएकी थिइन् ।  युक्रेनमाथिको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बुधवार कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम तेल निर्यातकर्ता देशहरुको समूह ओपेक र समूह बाहिरका शीर्ष तेल उत्पादकहरुबीचको बैठकअगाडि आपूर्ति चिन्ताबीच बुधवार विश्व बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ११३ डलरमाथि उक्लिएको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ८ः२० बजे लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ३ दशमलव ५ प्रतिशतले बढेर शून्य ९ सेन्टमा पुगेको थियो । सोही समयमा  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियटको भाउ प्रतिब्यारेल २ दशमलव २४ प्रतिशतले बढी १०७ डलर ६५ सेन्टमा किनबेच भइरहेको थियो ।अघिल्लो दिनको कारोबारमा भने दुबै बेञ्चमार्क २ प्रतिशतले घटेका थिए । रुसले किभमा सैन्य गतिविधि घटाउने वाचा गरेपछि तेल बजारमा सुधार आएको छ भने शेयर बजार पनि हरियालीमा आएका थिए ।  विश्व बजारमा कच्चा तेलको भाउ बढेसँगै हालैका दिनमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाउँदा पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाल आयल निगमलाई पठाउने देखिएको छ । यसो भयो भने नेपाली बजारमा इन्धनको भाउले नयाँ उचाई छुनेछ ।

पेट्रोलको भाउ कति पुग्ला ?

अहिलेको व्यस्त जीवनमा सवारीसाधन अनिवार्य अंग भइसकेको छ । निजी होस् वा सार्वजनिक यात्राकै लागि मानिसहरूले आफ्नो आयको केही हिस्सा खर्च गरिरहेका छन् । पेट्रोल र डिजेलको भाउ बढेसँगै आवतजावतमा लाग्ने खर्च पनि बढ्ने गरेको छ । भातभान्छा पनि महँगो हुने गरेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको बढायै छ र यो कतिसम्म बढ्छ भन्ने कुनै अनुमान गर्न सक्ने अवस्था छैन । अन्तरराष्ट्रिय बजारमा यसको भाउ बढिरहेको छ । मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता छ तर यति धेरै मूल्य बढाउनु पर्ने भने देखिँदैन । निगमले चालू आर्थिक वर्ष ६ महीनाको अवधिमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । निरन्तर मूल्य बढाउँदा पनि निगमले आफू घाटामा गएको बताउन छाडेको छैन । निगमले पछिल्लो समय गत माघ ५ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तरराष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १ सय अमेरिकी डलरले बढाएको थियो । निगमले कायम गरेको मूल्यअनुसार हाल पेट्रोलको मूल्य १३९, डिजेल र मट्टीतेलको मूल्य १२२ रुपैयाँ छ । निगमले स्वचालित मूल्य प्रणालीअनुसार पटकपटक मूल्य समायोजना गर्दा पनि घाटा पूर्ति हुन किन सकेको छैन भन्नेमा केही पनि बताउने गरेको छैन । मूल्य स्थिरीकरण कोषमा भएको रकम पनि चलाएको दाबी निगमले गरेको छ । आईओसीसँग इन्धन खरीद गर्न मूल्य स्थिरीकरण कोषमा कम्तीमा १४ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । मूल्य स्थिरीकरण कोषमा निगमले विक्री गरेको कुल रकमको १ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यो कोष तेलको भाउ अचाक्ली बढेमा त्यसलाई कम गराउने प्रयोग गर्ने उद्देश्यले खडा गरिएको हो । त्यसैले अहिले यो कोषको रकम चलाउनु उपयुक्त हो कि होइन भन्न सक्ने अवस्था छैन । मूल्य अझै बढ्दै गए त्यसलाई समायोजन गर्न समस्या हुँदै जाने देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारीमा रहेका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा राजस्व बढाउने चुनौतीमा थिए । २०७६ साल चैतदेखि लागू भएको बन्दाबन्दीले अर्थतन्त्र खराब हुने र आर्थिक क्रियाकलाप ठप्प भएको कारण लक्ष्यअनुसारको राजस्व नउठ्ने पक्का थियो । २०७७ साल जेठ १५ ल्याएको बजेटमा अर्थ मन्त्रालयका अधिकारीहरूले राजस्व बढाउन पेट्रोलियम पदार्थमा कर बढाउने आइडिया सुनाए । विश्वभर नै बन्दाबन्दीको कारण आर्थिक क्रियाकलाप ठप्प भएको हुँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० अमेरिकी डलरमा झरेको थियो । तत्कालीन अर्थमन्त्री खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ भन्सार शुल्क र पूर्वाधार कर ५ रुपैयाँलाई बढाएर १० रुपैयाँ बनाएका थिए । यसरी बढाएको दरबाट उपभोक्तालाई कुनै प्रभाव नपर्ने दाबीसमेत गरेका थिए । त्यतिबेला निगमले समेत यसको बोझ ग्राहकलाई नपार्ने बताएका थियो । तर, अहिले त्यो बोझ सीधै उपभोक्तामाथि थोपरिएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तरराष्ट्रिय बजारमा सस्तो हुँदासम्म उपभोक्तालाई बोझ थपिएन । तर, अहिले यही करकै कारण तेल सर्वाधिक महँगो भएको छ । खतिवडाले बढाएको करमात्र घटाउने हो भने आयल निगमले अहिले मूल्य घटाउन सक्छ । तर, कुनै पनि सरकारका लागि कर उठाउने सजिलो माध्यम बनेको पेट्रोल डिजेल । सरकारलाई अहिले प्रतिलिटर करीब ६० रुपैयाँ नाफा हुन्छ । जसले गर्दा सरकार कर घटाउन तयार छैन । यो अनिवार्य आवश्यक उपभोग्य वस्तु हो । यस्ता वस्तु सहज मूल्यमा उपलब्ध गराउनु सरकरको दायित्व हो तर सरकार आफै बढी कर लिएर यसलाई महँगो बनाइरहेको छ । भाउ घटाउनुपर्ने अवस्था आयो भने जहिले पनि भारततिर निकासी हुन्छ भन्ने तर्क दिएर निगम पन्छिने गरेको छ । यसको विकल्प खोजेर तेलको भाउ बढ्न नदिन सकिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् । मोहन अधिकारी कलंकी, काठमाडौं ।

पेट्रोलियमको भाउ बढाउने दाउ

नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको विक्रीबाट निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने भनी बताउन थालेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेकाले निगम घाटामा गई टाट पल्टन लागेको भन्नेसम्मका समाचार प्रवाह भएका छन् । किनेको मूल्यभन्दा बढीमा विक्री गर्दा कसरी घाटा हुन्छ भन्ने कुरा सर्वसाधारणले बुझेका छैनन् र उनीहरू निगमको भनाइसँग सहमत देखिँदैनन् । घाटाको प्रक्षेपण गरेर तथा बजारमा केही दिन आपूर्ति रोकेर मूल्य बढाउने रणनीति निगमले पहिलेदेखि नै लिँदै आएको पाइन्छ । अहिले पनि भाउ बढाउन र मानिसहरूको विरोध कम गर्न उसले घाटाको प्रक्षेपण सार्वजनिक गरेको देखिन्छ । सरकारले आयात गरिएको ऊर्जामा अनुदान दिने तर आप्mनै देशको बिजुली खपत बढाउन भने यस्तो अनुदान नदिने नीति लिएको छ जुन विडम्बनापूर्ण र विरोधाभासयुक्त छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिको व्यवस्थापन राम्ररी गर्न सकेको छैन । सरकारी निकाय भएकाले लागत घटाएर नाफा कमाउनुपर्ने बाध्यता पनि उसलाई छैन । पेट्रोलियम पदार्थको विक्रीमा एकाधिकार भएकाले सुधारमा उसको चासो छैन । निगमको व्यवस्थापनको कमजोरीकै कारण उपभोक्ताले महँगो मूल्य तिरिरहनु परेको छ । पेट्रोलियम पदार्थ महँगो पर्नुको कारण सरकारको कर पनि मुख्य कारण हो । सरकारलाई कर उठाउन सबैभन्दा सजिलो माध्यम बनेको छ, पेट्रोलियम पदार्थ । पूर्ववर्ती नेकपाको सरकारका पालामा उपभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पदार्थमा कर बढाइयो । यसको भार उपभोक्तामाथि पर्दैन भन्दै आयल निगमले नै प्रतिक्रिया दियो तर केही समयपछि नै त्यो भार उपभोक्तामाथि थोपरियो । यसरी उपभोक्ताबाट कर असुल्ने गरिएको छ । मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, प्रदूषण कर, पूर्वाधार निर्माण करजस्ता विभिन्न शीर्षकमा कर उठाउने गरिएको छ जसका कारण भारतसँग किनिएको मूल्यभन्दा झन्डै दोब्बर बढी मूल्य लिने गरिएको छ । निगमले पेट्रोलियमको भाउ बढेको बेलाका लागि भनेर मूल्य स्थिरीकरण कोषका लागि समेत थप मूल्य लिने गरेको छ । तर, यो मूल्य भाउ घटे पनि बढे पनि उपभोक्ताबाट उठाइरहेको छ तर त्यसका उपयोग भने गरेको छैन । यो कोषमा कति रकम जम्मा भयो र त्यो कहिले खर्च गर्ने हो त्यो पनि स्पष्ट छैन । यसलाई पारदर्शी बनाउनु आवश्यक छ । यो कोषमा रकम थप्दै जाने तर निगम घाटामा गयो भनेर उपभोक्ताको डाढ सेक्ने काम उपयुक्त मान्न सकिन्न । पेट्रोलियम पदार्थको भाउ बढ्नु भनेको समग्र बजारकै भाउ बढ्नु हो । त्यसैले यसलाई निश्चित विन्दुमा राख्न सकिएन भने त्यसले अर्थतन्त्रको लागत निकै बढाउँछ र समस्या निम्त्याउन सक्छ । मूल्य कम गराउन सरकार र निगम दुवैको चासो देखिँदैन । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको सर्वाधिक मूल्य प्रतिब्यारेल १५० डलर पुगेका बेलाको भाउ अहिलेको भन्दा केही बढी मात्र थियो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरको हाराहारीमा छ । त्यसैले अहिलेकै मूल्य निकै बढी हो । डलरको मूल्य पनि धेरै बढेको पाइ“दैन । आप्mनो अव्यवस्थापनको भारी उपभोक्तामाथि थोपर्ने काम निगमले गरिरहेको छ । नेपालमा सस्तोमा विक्री गर्दा भारततर्फ चोरी निकासी हुन्छ भन्ने तर्क गरेर समेत भाउ बढाउने गरिएको छ । भारतको मूल्य बराबर गर्नुपर्छ भन्ने भनाइ निगमको पाइन्छ । निगमले चाहने हो भने उपभोक्तासँग पैसा लिने र केही समयपछि कुनै तरीकाले त्याो फिर्ता दिने गरेर यसको समाधान गर्न सकिन्छ । प्रविधिको प्रयोगबाट यस्तो गर्न सहज हुन्छ । सरकारले खाना पकाउने ग्यासमा अनुदान दिइरहेको छ । तर, यसमा पनि निगमलाई घाटा छ भनिन्छ । सरकारले आयात गरिएको ऊर्जामा अनुदान दिने तर आफ्नै देशको बिजुली खपत बढाउन भने यस्तो अनुदान नदिने नीति लिएको छ जुन विडम्बनापूर्ण र विरोधाभासयुक्त छ । वास्तवमा सरकारी कम्पनीहरू न नाफामा जान सक्छन् न उपभोक्ताको हितमा नै काम गर्न सक्छन् । त्यसैले वस्तु र सेवा प्रवाहका क्षेत्रमा निजीक्षेत्रलाई समावेश गरी प्रतिस्पर्धी बनाउनेतिर लाग्नुपर्छ ।

आज मध्यरातबाट २ रुपैयाँ महँगो हुँदै पेट्रोल, डिजेल र मट्टितेल, ग्यासको भाउ यथावत

काठमाडौं : नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आज राति १२ बजेपछि प्रतिलिटर २ रुपैयाँ महँगो हुँदैछ। इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा जारी नयाँ खरीद मूल्यका आधारमा निगमले मूल्यवृद्धि गरेको हो। काठमाडौं उपत्यकामा प्रति लिटर पेट्रोलको

इन्धनमा नगरपालिकाको कर

तपाईं इलाम आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने याद गर्नुहोस् डिजेल र पेट्रोलको भाउ तपाईंको क्षेत्रमा भन्दा महँगो हुन सक्छ । इलाम नगरपालिकाले डिजेल र पेट्रोलका उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको छ । नगरपालिकाले नेपाल आयल निगमलाई पत्र नै लेखेर त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध गरेको हो ।