काठमाडौं। काठमाडौंमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७२९ पुगेको छ। संक्रमितमध्ये एक लाख ९० हजार १८९ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा कोरोना कारण एक हजार ८८९ जनाको मृत्यु भएको छ।